शनिबार, अशोज १९, २०८१
Saturday, October 5, 2024

कराँते महासंघ पर्वतलाई कराँते सामग्री प्रदान

पर्वत : कराँते खेलका माध्यमबाट बालबालिका तथा यूवाहरुमा स्वस्थता र अनुशासन कायम गर्न सहयोग गर्दै आइरहेको कराँते महासंघ पर्वतलाई कराँते खेलका बिभिन्न सामग्रीहरु उपलब्ध गराइएको छ ।
स्पोर्टस् भिजिटर प्रोग्राम–२०२२ मा अमेरिकी राजदूतावासको ‘एक्सचेन्ज प्रोग्राम’ मा सहभागी भएर आएकी पर्वत सदरमुकाम कुश्मा बजारकी मोनिका क्षेत्रीले ती सामग्रीहरु उपलब्ध गराएकी हुन् । विगतमा पनि विभिन्न विधामा रहेर खेलाडीहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेकी उनले यस पटक आफ्नो पाचौँ सहयोग अन्तर्गत करिब ६७ हजार रुपैयाँका खेल सामग्रीहरु उपलब्ध गराएकी हुन् ।
शुक्रवार कराँतेको गुरुकुल डोजोमा आयोजित कार्यक्रममा क्षेत्रीले जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङ, कराँते महासंघ पर्वतका अध्यक्ष राम श्रेष्ठ, कराँते महासंघ पर्वतका सल्लाहकार कृष्ण शर्मा (किसा), गुरुकुल एकेडेमीका प्रिन्सिपल उज्वल अधिकारी, सहयोगी क्षेत्रीको परिवारकोतर्फबट डिल्लीराम शर्मा, कराँते प्रशिक्षक दर्पण श्रेष्ठ लगायत कराँतेका सरोकारवालाहरुलाई ती सामग्रीहरु हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रममा बोल्दै सहयोगदाता क्षेत्रीले आफू ‘एक्सचेन्ज प्रोग्राम’ बाट फर्केर आएपछि खेल क्षेत्रलाई माया गर्दै ती सामग्रीहरु उपलब्ध गराएको बताइन् । खेलकुदको प्रबद्र्धन गर्दा स्वस्थ र अनुशासित नागरिक तयार पार्न सघाउ पुग्ने भएकाले आफूले विगतदेखि नै खेल क्षेत्र तथा खेलाडीहरुलाई सहयोग गर्दै आइरहेको उनको भनाई छ । आफू छात्रावृत्तिमा अध्ययन गर्ने गरी अमेरिका जाने तयारीमा रहेको र त्यहाँ गएपछि पनि सहयोगदाताहरुको खोजी गरेर पर्वतको खेल क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङले सहयोगका लागि खेल क्षेत्रलाई नै छनोट गरेकोमा सहयोगदाता क्षेत्रीप्रति आभार व्यक्त गरे । नेपालका खेलाडीहरुमा राम्रो खेल क्षमता भएको भए पनि स्रोत र साधनको अभावमा खेलाडीहरु समस्यामा पर्दै आइरहेको भन्दै उनले अन्य दाताहरुलाई पनि खेल क्षेत्रमा चासो दिन अनुरोध गरे ।
उपलब्ध गराइएका सामग्रीहरु ओको ग्लोब्स, किक प्याड, चेस प्याड, गमशील, गी, लगायतका सामग्रीहरु आफूहरुले पाएको र ती सामग्रीहरुलाई सदुपयोग गर्दै कुशल खेलाडी उत्पादनमा प्रयोग गर्ने कराँते महासंघ पर्वतका अध्यक्ष राम श्रेष्ठले बताए । सामग्री सहयोगले खेलाडीहरुलाई थप प्रोत्सहान हुने भन्दै उनले आगामी दिनमा पनि सहकार्यको अपेक्षा गरिएको बताए ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive