पर्वत : पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको हिमालय माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको नयाँ कार्यसमिति निर्माण भएको छ ।
विद्यालय व्यवस्थापन समिति निर्माणको कानुनी मापदण्ड अनुसार अभिभावकहरुको भेलाबाट छानिएका सदस्यहरुबाट डिल्लीराम शर्मा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण भएको हो । विद्यालयका प्रधानाध्यापक माधवप्रसाद रेग्मीका अनुसार सदस्यहरुमा डण्डपाणी पौडेल, लालकृष्ण शर्मा बास्तोला, मन बहादुर नेपाली, गीता देवी सुवेदी, निरु तामाङ, विद्या देवी सुवेदी, टंक प्रसाद शर्मा र सदस्य सचिवमा प्रधानाध्यापक माधव प्रसाद रेग्मी रहेका छन् ।
यो समितिले विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न तथा व्यवस्थापन समितिको कर्तब्य र अधिकारलाई पालना गर्दै आगामी तीन वर्ष विद्यालयको उन्नतिको पक्षमा काम गर्ने छ ।




