मङ्ल, फाल्गुन २६, २०८२
Tue, March 10, 2026

सितोरियो कराँते महासंघ पर्वतको अध्यक्षमा श्रेष्ठ

भदौ ९, २०८०

पर्वत : जिल्ला सितोरियो कराँते संघ पर्वतको सातौँ सधारण सभा तथा तेस्रो जिल्ला अधिवेसन सम्पन्न भएको छ।
शुक्रवार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङको अध्यक्षता तथा कराँते महासंघ पर्वतका अध्यक्ष राम श्रेष्ठको रोहबरमा भएको अधिवेसनले राम श्रेष्ठकै अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ। जसको उपाध्यक्ष्माा दसरथ श्रेष्ठ, सचिवमा सागर श्रेष्ठ, सहसचिवमा प्रभा राई, कोषाध्यक्षमा सुलभ श्रेष्ठ तथा सदस्यहरुमा सुशिल बि.क., नविन अधिकारी, आशिष नेपाली, वर्षा श्रेष्ठ, पायल श्रेष्ठ, गणेश पौडेल, सुभान श्रेष्ठ, संविधान गिरी, आलोक श्रेष्ठ, दर्पण श्रेष्ठ र शिव श्रेष्ठ रहेका छन्।
अधिवेसनले प्रदेश प्रतिनिधिमा राम श्रेष्ठ, कृषा शर्मा (किशा), सुशिल बि.क., सुलभ श्रेष्ठ र पायल श्रेष्ठलाई पठाउने निर्णय पनि गरेको छ।
सितोरियो कराँते पर्वतको खेल विकास र नीति नियमको दायराभित्र रही सम्पूर्ण प्रशिक्षकहरुले असल शिक्षण सिकाई र आफू पनि मर्यादित भई अभिभावक र खेलाडीको भावना बुझी प्रशिक्षण गराउने साथै कराँतेका नीति नियमहरु अक्षरश पालना गर्ने र डोजो महासंघमा दर्ता अनिवार्य गर्ने निर्णय पनि अधिवेसनबाट गरिएको छ। यस्तै सितोरियो कराँते विकासका लागि उत्कृष्ट खेलाडीहरुलाई प्रोत्सहान गर्ने तथा उनीहरुको लागि केन्द्रबाट समेत प्रशिक्षक बोलाई प्रशिक्षण दिएर क्षमतावान खेलाडी बनाउने तयारी थालिएको अध्यक्ष श्रेष्ठले बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive