शनि, माघ १०, २०८२
Sat, January 24, 2026

पर्वत : प्रा.वि. द्धितीयमा बढुवा भएका शिक्षकलाई नियुक्तीपत्र दिने तयारी

भदौ ७, २०८०

पर्वत : पर्वतका शिक्षक शिक्षा विकास तथा समन्वय इकाई पर्वतले पर्वतबाट प्राथमिक तहको द्धितिय श्रेणीमा बढुवा भएका शिक्षकहरुलाई बढुवा नियुक्ति दिने तयारी थालेको छ ।

इकाई प्रमुख उद्धीमराज पौडेलका अनुसार शिक्षक सेवा आयोगले गत भदौ एक गते गरेको निर्णयबाट गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लामा प्राथमिक तह द्वितीय श्रेणीको ७५ प्रतिशत कार्यसम्पादनका आधारमा हुने बढुवाको संसोधित नामावलीको सिफारिस गरेको थियो । आयोगबाट संसोधन भई अन्तिममा कायम रहेका शिक्षकहरु भनी नामावली सिफारिस भइ आएपछि यही भदौ १० गते आइतबार बिहान ११ बजे बढुवा नियुक्ति पत्र प्रदान गर्न लागिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई पर्वतको कार्यालयमा राखिने एक कार्यक्रमकाबीच नियुक्तिपत्र वितरण गर्ने तयारी इकाईले गरेको छ ।

पर्वतबाट यस पटक ४८ जना प्राथमिक तहका शिक्षकहरु कार्यसम्पादन मूल्याङ्कनमार्फत द्धितिय श्रेणीमा पदोन्नति भएका छन् । यस अघि कार्यसम्पादन मूल्याङ्कनकै आधारमा निम्न माध्यमिक तहको द्धितिय श्रेणीमा १३ जना शिक्षकहरु बढुवा भएका थिए ।

 

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive