बिहि, जेष्ठ २, २०८२
Thu, May 15, 2025

विद्यालयमा राजनीति छिराए कारबाही हुन्छ : बिहादीका अध्यक्ष गुरुङ

भदौ ६, २०८०

पर्वत : जिल्लाको बिहादी गाउँपालिकाका अध्यक्ष परबिन गुरुङले गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा राजनीति हाबी भएको भएको बताएका छन् ।

मङगलवार बिहादी गाउपालिका–४ स्थित लक्ष्मीभवन माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रमा शैक्षिक गतिबिधि भन्दा राजनीतिक खिचातानी बढी भयो भने त्यसले शैक्षिक गुणस्तर कायम गर्न नसक्ने बताए । बिषेशतः विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ निर्माणको क्रममा राजनीतिक रुपमा अस्वस्थ र अनावश्यक राजनीति हुने गरेको देखिएको गुरुङको भनाई छ ।

राजनीतिक प्रतिस्पर्धा वा राजनीति गर्ने चेस्टा राखेर सामुदायिक बिधालयमा राजनीतिको प्रभाव पारेमा त्यसलाई निरुत्साहित गर्न ब्यबस्थापन समितिको अध्यक्षका रुपमा जनप्रतिनिधिलाई जिम्मा दिइने चेतावनी दिएका छन् । व्यवस्थापन समिति र अभिभावक संघ हुँदै त्यसको प्रभाव शिक्षकहरुमा समेत आइपुग्ने बताउँदै अध्यक्ष गुरुङले गाउँपालिकाका कुनै पनि शिक्षकले राजनीतिक आस्थाकै आधारमा व्यवहार गरेको पाइएमा शिक्षकलाई समेत नीतिगत रुपमा कारबाही गर्ने बताएका छन् । गुणस्तरीय शिक्षा प्रदान गर्न बिद्यालय समायोजनको प्रक्रिया क्रमबद्ध रूपमा रहेको भन्दै उनले समायोजनलाई सफल तुल्याउन विभिन्न राजनीतिक दल, अभिभावक, आम नागरिकबाट सहयोगको अपेक्षा गरिएको बताए ।

बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष एवं बिहादी गाउँपालिका–४ वहाकीका वडाध्यक्ष बिष्णु भुसालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष कमल भुसाल, विभिन्न वडाका अध्यक्षहरु, अक्षयकोषदाता, चन्दादाता, अभिभाव, शिक्षक र विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रमकै अवसर पारेर विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न तथा भौतिक संरचनालाई परिस्कृत गराउन सहयोग गरेका अक्षयकोष दाता, चन्दादाता तथा उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive