बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

छमर्केका विद्यार्थीलाई एकता यूवा क्लबद्धारा झोला र शैक्षिक सामग्री सहयोग

पर्वत : सामाजिक सेवाका क्षेत्रमा बिभिन्न कार्यक्रम तथा सहयोग गर्दै आइरहेको एकता युवा क्लबले जिल्लाको कुश्मा नगरपालिका–४ छमर्केका विद्यार्थीहरुलाई झोला तथा शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।
स्थानीय जनजागृत आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक अवस्थालाई सहज बनाउनको लागि मङ्गलवार आयोजित एक कार्यक्रममा क्लबका तर्फबाट विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीहरुलाई ती सामग्रीहरु वितरण् गरिएको हो ।
गरीब तथा जेहन्दार विद्यार्थीहरुमा मिहिनेती भावना हुँदाहुँदै पनि आर्थिक समस्यामा परेको हुन सक्ने तथा आर्थिक समस्यामा नरहेको भए पनि पुरस्कारका रुपमा लिएर अध्ययनमा थप उत्प्रेरित हुने भएकाले उनीहरुलाई झोला, कापी, पेन्सिल तथा व्यक्तिगत सरसफाईको लागि साबुन, ब्रस र मन्जन वितरण गरिएको छ ।
कार्यक्रमका लागि सहयोग स्व. भोजकुमार श्रेष्ठ तथा स्व.कमला श्रेष्ठको सम्झनामा क्लबका शुभचिन्तक युवा कुमार श्रेष्ठले सहयोग गरेका थिए । दिवगंत आत्महरुको सम्झनामा बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गर्दा दिवंगत भएका र अरु सबैलाई पनि मुक्ति र सन्तुष्टी प्राप्त हुने भएकाले सहयोग गरेको श्रेष्ठले बताए ।
कार्यक्रमको प्रमुख अतिथी जेष्ठ नागरिक डण्डपाणी चापागाईँ रहेका थिए । कार्यक्रम संयोजक तथा क्लबका उपाध्यक्ष कबिन्द्र के.सी. को स्वागत मन्तब्यसँगै सुरु भएको कार्यक्रममा बालमन्दिर प्राथमिक बिद्यालय कुश्माको व्यवस्थापन समितिका अध्यक्ष बिपिन गुरुङ, जनजागृत आधारभुत बिद्यालयका अध्यक्ष सन्तोष कार्की, राष्ट्रिय सरल कवि शान्तिनारायण श्रेष्ठ तथा कुस्मा नगरपालिका–५ का वडाध्यक्ष रामहरी शर्मा लगायतले बोलेका थिए ।
क्लबका अध्यक्ष गोकुल चापागाईँको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लबका सचिब अर्जुनराज पुरीले गरेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive