शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025

साक्षरता दिवसको अवसरमा अन्तरक्रिया सम्पन्न

भदौ २२, २०८०
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कुश्मामा ‘जीवनपर्यन्त सिकाइका लागि साक्षरता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
शिक्षाको लागि राष्ट्रिय अभियान पर्वत, गैसस महासंघ नेपाल पर्वत, नागरिक समाज पर्वत र नेल्टा पर्वतको संयुक्त आयोजनामा शुक्रबार कुश्मा बगैँचा स्थित शिवालय बहुमुखी क्याम्पसको सभाहलमा सो कार्यक्रम भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुश्मा न.पा वडा नं ६ का वडा अध्यक्ष इश्वर गिरीले निरन्तर शिक्षालाई विकासको आधार बनाउनु पर्ने बताउनु भयो। उहाँले कुश्मा नगरपालिकाले छिट्टै पर्वतको स्थानीय उत्पादन, पर्यटन र सेवालाई समेटेर स्थानीय पाठ्यक्रम जारी गर्न लागेको पनि बताउनु भयो।
कार्यक्रममा शिवालय बहुमुखी क्याम्पसका अध्यक्ष हिरीओम शर्मा लामिछानेले साक्षरता हुनु नै निरन्तर शिक्षाको पहिलो आधार भएको बताउँदै सबैलाई साक्षर बनाउने अभियानमा लाग्न सबैमा आग्रह गर्नु भयो। कार्यक्रममम शिवालय बहुमुखी क्याम्पसका प्राचार्य लेखनाथ उपाध्यायले निरन्तर शिक्षाको अवधारणा समयानुकूल व्याकता बन्दै र बनाउँदै लगिएको बताउनु भयो।
त्यस्तै गरि गैसस महासंघ नेपाल गण्डकी प्रदेशका सचिव शिवप्रसाद शर्माले अब साक्षरता र निरन्तर शिक्षाको अवधारणालाई जीवन उपयोगी पेशा र उद्यमशिलता शिक्षासँग जोडेर अगाडि बढ्न सके युवा पुस्तालाई देशमै बस केही गर्न अभिप्रेरणा मिल्ने बताउनु भयो।
कार्यक्रममा कुश्मा नगरपालिकाका शिक्षा अधिकृत दिपक सुवेदीले जीवन पर्यन्तका लागि सिकाइ बिषयक प्रस्तुति राख्नु भएको थियो भने नेल्टा पर्वतका अध्यक्ष देव शर्माले टिप्पणीकर्ताको भुमिमा निर्वाह गर्नु भएको थियो। शिक्षक हरिदत्त शर्माले सक्षरता र निरन्तर सिकाइको अवधारणामा आपाङ्ता भएका व्यक्तिको सहभागीता सुनिश्चितता गर्न आग्रह गर्नु भएको थियो भने शिक्षाको लागि राष्ट्रिय अभियान पर्वतका सदस्य फुलराज शर्माले साक्षरता र सार्वजनिक शिक्षाको विकास क्षेत्रमा निरन्तर वहस र पैरवी हुनुपर्नेमा जोड दिनु भएको थियो।
कार्यक्रम शिक्षाको लागि राष्ट्रिय अभियानका ज्येष्ठ सदस्य एकनारायण चालिसेको अध्यक्षतामा अभियानका संयोजक यज्ञप्रसाद शर्माको संचालमा भएको थियो भने गैसस महासंघ पर्वत तथा नागरिक समाजको सञ्जालका सचिव कृष्णप्रसाद शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा बर्तमान शिक्षा, साक्षरता अभियान, जीवनपर्यन्त निरन्तर सिकाई, कार्यमुलक र उद्यमशिल शिक्षा, सामुदायिक सिकाइ केन्द्रको गतिविधि र अबका भुमिका र सार्वजनिक शिक्षामा स्थानीय सरकारको भुमिका आदीका बारेमा चर्चा गरिएको थियो।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive