पर्वत : नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला समिति पर्वत, महिला विभागको आयोजनामा महाशिला गाउँपालिका–५ लुँखुमा रहेको सगरमाथा आधारभुत विधालयमा हरितालिका तिज २०८० को अवसरमा शैक्षिक तथा स्वास्थ्य सामग्रीहरु हस्तान्तण गरिएको छ ।
विद्यालयमा अध्ययनरत कुल ३२ जना विधार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै बाल विकास केन्द्रमा अध्ययनरत विधार्थीका लागि शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो । सोही अवसरमा उपस्थित सबैले सामूहिक रुपमा दर खाँदै नाचगान सहित तीन विशेष कार्यक्रम पनि सम्पन्न भएको नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला समिति पर्वतका जिल्ला कोषाध्यक्ष देवेन्द्र पौडेलले बताए ।
जिल्ला समिति उपाध्यक्ष कमला न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय समिति सदस्य शारदा कुमारी शर्मा रहेकी थिइन् ।
जिल्ला समिति सह–सचिव हुमा तिवारीको सञ्चालन रहेको कायत्र्रmममा सङ्गठनका जिल्ला अध्यक्ष दुर्गा पौडेल, सचिव टंकलाल भुषाल, उपध्यक्ष सुरेन्द्र गौतम, पालिका अध्यक्ष भवराज शर्मा लगायतले पनि बोलेका थिए ।