शनि, जेष्ठ ११, २०८२
Sat, May 24, 2025

त्रिभुवन आधारभूत विद्यालयको ५८ औँ वार्षिकोत्सव सम्पन्न

भदौ ३१, २०८०
पर्वत : पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरी स्थित लाम्पाटामा रहेको त्रिभुवन आधारभूत विद्यालयको ५८ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
संस्थापक, बुद्धिजीवी, चन्दादाता, समाजसेवी, अभिभावक, विद्यार्थी, अक्षयकोषदाता लगायतको उपस्थिति भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले आफू विद्यालयको समस्या समाधानको लागि प्रतिबद्ध रहेको बताएकी छिन् । बसाईँसराईँका देशभर नै ग्रामीण क्षेत्रमा रहेका विद्यालयहरू सङ्कटमा परेको भन्दै उनले जति सङ्ख्यामा विद्यार्थी भए पनि उनीहरूले गुणस्तरीय शिक्षा पाउनुपर्ने बताइन् । गुणस्तरीय शिक्षाकै खोजीमा अभिभावकहरूले सहर च्याप्ने प्रवृत्ति बढेकाले यसलाई रोक्ने एउटा उपाय विद्यालय शिक्षा रहेको रिजालको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष झलकप्रसाद रिमालको विशिष्ट उपस्थिति रहेको थियो । शिक्षक अशोक के.सी.को स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा  विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष डण्डपाणी सापकोटा, समाजसेवी शालिग्राम शर्मा, हेमराज सापकोटा, अक्षयकोषदाता यदुनाथ सापकोटा, शिक्षक अभिभावक सङ्घका अध्यक्ष हेम शर्मा आचार्य लगायतले बोलेका थिए ।
कार्यक्रमकै अवसरमा शैक्षिक सत्र २०७९ सालको शैक्षिक पुरस्कार र अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण पनि गरिएको थियो । कार्यक्रममा प्रधानाध्यापक विनोद सुवेदीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन शिक्षक दामोदर पौडेलले गरेका थिए ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive