बुधबार, चैत्र १२, २०८१
Wednesday, March 26, 2025

संबिधान दिवस मनाउन पर्वत प्रशासनको अनुरोध

पर्वत : यही असोज तीन गते मनाइने संबिधान दिवसलाई भब्यताका साथ मनाउन जिल्ला प्रशासन कार्यालय पर्वतले अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यद्धारा जारी सूचनामा संविधान दिवस २०८० को उपलक्ष्यमा असोज २, ३ र ४ गते भव्यताका साथ मनाउन जिल्लाबासीहरुका लागि कार्यक्रमहरुको समय तालिका सर्वजनिक गरिएको छ ।
जसमा असोज २, ३ र ४ गते जिल्लाभित्र रहेका धार्मिक, सांस्कृतिक सम्पदाहरुको सरसफाई सहित सौन्दर्यीकरण अभिवृद्धि गर्ने र आ–आफ्नो घरमा सरसफाई गरी साँझ दिप प्रज्वलन गर्ने, संविधानको भावना र मर्म बमोजिम संवाद, परिसंवाद तथा रचनात्मक, सृजनात्मक, सन्देशमूलक र जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने तथा यस्ता कार्यक्रमहरुमा सहभागी हुने भनिएको छ ।
यस्तै, जिल्लास्थित विभिन्न धर्मवालम्बीहरुका धर्मगुरुहरु मार्फत संविधानका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहिदहरुको आत्माको चीरशान्तिको कामना एवं उच्च सम्मान तथा श्रद्धा प्रकट गर्दै आ–आफ्नो धार्मिक परम्परा अनुसार पुजापाठ तथा प्रार्थना गर्ने÷गराउने तथा असोज तीन गते विहान ७ बजे कुश्मा बजारको लोकतान्त्रिक चोकबाट शुरु हुने प्रभातफेरी र तत्पश्चात हुने मूल समारोह कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive