शनि, माघ ३, २०८२
Sat, January 17, 2026

दशैँमा पर्वत ट्राफिकद्वारा छ सय ९४ सवारीमाथि कारबाही

कार्तिक १२, २०८०

पर्वत : घटस्थापना सुरु भएको असोज २८ गतेदेखि कार्त्तितक १० गतेसम्मको दशैँको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सवारी र चालक गरेर छ सय ९४ वटा कारबाही गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार चाडपर्व लक्षित सडक सुरक्षा अभियान अन्तर्गत सवारी जाँचका क्रममा सवारी र चालकहरूमाथि कारबाही गरिएको हो। घटस्थापनाका दिनदेखिको १३ दिनमा ३६ वटा ट्रक-ट्रिपरलाई कारबाही गर्दा २० हजार रूपैयाँ राजश्व सङ्कलन भएको छ। यस्तै ३२ वटा बस तथा मिनिबसबाट १७ हजार पाँच सय, चार सय ८३ वटा जिप-कार-भ्यानलाई कारबाही गर्दा तीन लाख ९६ हजार पाँच सय, पाँच वटा ट्र्याक्टरबाट दुई हजार पाँच सय, एक सय २९ वटा मोटरसाइकल तथा स्कुटरबाट आठ लाख ३५ हजार रूपैयाँ राजश्व उठेको छ।

सोही अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाएका आठ जनामाथि कारबाही गर्दा आठ हजार रूपैयाँ तथा बढी भाडा असुली गरेको एक सवारीमाथि कारबाही गर्दा एक हजार रूपैयाँ गरी कुल पाँच लाख २९ हजार रूपैयाँ राजश्व १३ दिनको अवधिमा संकलन भएको छ।

१३ दिनको अवधिमा जिल्लामा सात वटा सवारी साधन दुर्घटनामा परेका छन्। जसमा मोटरसाइकल तथा स्कुटर चार वटा, जिप दुई वटा, एउटा ट्र्याक्टर रहेका छन्। ती दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive