बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

गुटेरसको सुरक्षामा खटिएका प्रहरीका असईको श्वासप्रश्वास समस्याबाट मृत्यु

कार्तिक १५, २०८०
पर्वत : संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टीनियो गुटेरेसको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक टिकाराम ढुङ्गानाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार महासचिव गुटेरेस असोज १४ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा रहेको अन्नपूर्ण बेस क्याम्पमा पुगेका थिए। उनको भ्रमणको क्रममा सुरक्षाका लागि खटिएका प्रहरीमध्ये ढुंगाना पनि एक थिए। असोज ११ गतेदेखि नै गुटेरेसको सुरक्षार्थ खटिएका उनी बुधवार बिहान पैदल मार्ग हुँदै पोखरा फर्किँदै थिए। तर बिहान सवा सात बजेको समयमा अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि एयर डाइनास्टीको हेलिकोप्टरमार्फत ढुङ्गानाको उद्धार गरेर पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा ल्याइएको थियो।
उपचारकै क्रममा बिहान पौने १० बजेको समयमा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुङ्गाना, अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत हिँडेर फर्किँदै थिए। पर्वत निवासी ढुङ्गाना घान्द्रुकमा कार्यरत थिए।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive