शनि, असार ७, २०८२
Sat, June 21, 2025

पाङ यूवा क्लबको आयोजनामा भएको फूटबलको बिजेता बन्यो एकता युवा क्लब

कार्तिक २, २०८०

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१ पाङमा आयोजना भएको सेभेन ए साइड फूटबल प्रतियोगिताको बिजेता बागलुङको एकता यूवा क्लब बनेको छ ।
गरिबी, विपन्नता वा अन्य सामाजिक समस्यामा परेकाहरुलाई अभियान चलाएर सहयोग गर्दै आइरहेको जिल्लाको कुश्मा नगरपालिका–१ पाङमा रहेको पाङ यूवा क्लबको आयोजनामा भएको प्रतियोगिता जितेसँगै एकताले ५१ हजार एक सय ५१ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ ।
यस्तै म्याग्दीको रत्नेचौर जागरण युवा क्लब उपबिजेता बन्दै ३१ हजार एक सय ३१ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । ‘परिवर्तनका लागि युवा’ भन्ने मूल नाराका साथ आयोजना गरिएको खुल्ला फुटवल प्रतियोगितामा कुल २३ वटा समूहले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको समापन समारोह वडाध्यक्ष खगराज पौडेलको प्रमुख आतिथ्यता तथा पाङ यूवा क्लबका अध्यक्ष जयराम सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive