बिहिबार, माघ २४, २०८१
Thursday, February 6, 2025

‘प्रगति जननी समुह’को पदस्थापना तथा शुभकानमा आदानप्रदान

पर्वत : जिल्ला सदरमुकाम कुश्मामा रहेको प्रगति जननी समुहको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पदस्थापनासँगै दशैँ, तिहार र छठ लगायतका चाडपर्वको शुभकामना समेत आदान प्रदान गरिएको छ । कार्यक्रममा बोेल्दै प्रमुख अतिथि कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोेशीले समुहलाई अझ क्रियाशिल बनाउनुपर्नेमा जोड दिँदै दसैं तिहार लगायत नजिकिँदै गरेको चाडपर्वको अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।
कार्यक्रममा कुश्मा नगरपालिका ५ का वडाध्यक्ष रामहरी चापागाईं, ६ का वडाध्यक्ष ईश्वर गिरी, सामाजिक बिकास कार्यालय प्रमुख मुना अधिकारी, पर्वत पर्यटज प्रवद्र्धन केन्द्रका संस्थापक अध्यक्ष शिव शर्मा पौेडेल, धौलागिरी बहुद्धेश्य महिला समुहकी अध्यक्ष सरस्वती गिरी, पर्वत नारी समुहकी अध्यक्ष अनिता सापकोटा र सल्लाहकार कमला पन्तको उपस्थिती रहेको थियो ।
समुहकी अध्यक्ष चन्द्रकला लम्साल पौडेलको अध्यक्षमा सम्पन्न कार्यक्रममा सह–सचिव संगिता रेग्मीले स्वागत र सचिव सिर्जना आचार्यले कार्यक्रम सञ्चालन गरेकि थिइन् ।
सो अवसरमा कुश्मा नगरपालिका–६ मा बसोेबास गर्दै आएकी मन कुमारी पौडेललाई मृगौलाको उपचारार्थ समुहले ७ हजार रुपैयाँ सहयोग गरेको छ । प्रमुख अतिथि नगर प्रमुख जोशीले पनि पौडेलको उपचारको लागि व्यक्तिगत रुपमा ५ हजार रुपैयाँ सहयोग गरेका छन् । उनको उपचारमा सघाउन कुश्मा नगरपालिकाको तर्फबाट पनि मिल्ने सहयोग गर्ने उनले बताएका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive