शुक्र, माघ ९, २०८२
Fri, January 23, 2026

पर्वतमा राती नौ बजेपछि देउसी भैलो र नाचगान गर्न नपाइने

कार्तिक २४, २०८०

पर्वत : हिन्दु नेपालीहरूको अर्को ठुलो चाड तिहारमा राती नौ बजेपछि देउसी, भैलो तथा नाचगान गर्न नपाइने गरी जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गरेको छ।
सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना सहित सौहार्दपूर्ण रूपमा चाडपर्व मनाउनको लागि अनुरोध गर्दै प्रशासनले राती अबेरसम्म नाचगान, सांस्कृतिक कार्यक्रम तथा देउसी भैलाको आयोजना गर्दा विभिन्न तरीकाले शान्ति खलबलिने तथा झगडाका घटनाहरू पनि हुन सक्ने भएकाले नौ बजेपछि रमाइला कार्यक्रमहरूको आयोजना नगर्न भनेको हो।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले चाडपर्वहरू मनाउने क्रममा कसैको इच्छा र चाहना विरुद्धका क्रियाकलाप तथा समाजमा अशोभनीय देखिने कार्य नगरी स्वतन्त्र र खुसीयाली पूर्वक चाडपर्व मनाउन, शान्ति सुरक्षा एवम् अमनचयनको अवस्था कायम गरी राख्नको लागि यो निर्णय गरिएको बताए।
‘सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना सहित सौहार्दपूर्ण रूपमा चाडपर्व मनाउनको लागि सादर अनुरोध गरिन्छ। राती अबेरसम्म आयोजना हुने रमाइला कार्यक्रमहरूले अशान्ति तथा झैझगडा पनि हुने गरेका छन’, प्रजिअ आचार्य भन्छन्, ‘सौहौर्दपूर्ण रूपमा मनाउनुपर्ने चाडबाडमा घटना भएमा राम्रो हुँदैन। सबै खुसी भएर चाड मनाउने बेलामा कोही पनि दुःखी हुन नपरोस्। एउटा पक्षले रमाइलो गर्दा अर्को पक्षलाई कुनै प्रभाव नपरोस् भन्नका लागि नौ बजेपछि कार्यक्रमहरू नगर्न भनेका हौँ।’
प्रशासनले आतिसबाजी, भुईचम्पा, पटका जस्ता विस्फोटक पदार्थ प्रयोग नगर्न, त्यस्ता पदार्थहरूको ओसारपसार एवम् बिक्री वितरण नगर्न÷नगराउन, मादक पदार्थको सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्न एवम्  झगडा गर्ने जस्ता कार्य नगर्न पनि चेतावनी दिएको छ। त्यस्तो गरेको पाइएमा तुरुन्तै नजिकको प्रहरी चौकीमा खबर गर्न सबैमा अनुरोध गर्दै भिडभाडजन्य गतिविधि गरी समाजमा अशान्ति एवम् अशोभनीय क्रियाकलापजन्य कार्यहरू नगर्न भनेको छ।
तिहारमा मिठाइ लगायतका खाद्य बस्तुहरूको खपत बढी हुने ती खाद्य बस्तुमा अखाद्य रङ्ग मिसाउने र खाद्य बस्तु नै कम गुणस्तरको हुन सक्ने भएकाले त्यसमा सतर्कता अपनाउन अनुरोध गर्दै प्रशासन कार्यालयले अस्वस्थ र गुणस्तरहीन खाद्य पदार्थहरूको विक्री वितरण नगर्न व्यवसायीहरूलाई निर्देशन दिएको छ। जारी गरिएको सूचनाको अवज्ञा गरी कुनै गतिविधि तथा क्रियाकलाप भए गरेको पाइएमा कानुन बमोजिम कारबाही चेतावनी पनि कार्यालयले दिएको छ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive