पर्वत : पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा माध्यमिक तह सञ्चालन गरिरहेका विद्यालयहरुबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
अन्तराष्ट्रिय बाल अधिकार दिवसको सन्दर्भमा ‘कुश्मा नगरपालिकासँग बालबालिकाको अपेक्षा’ विषयक वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा विश्वज्योती प्रविधीक तथा यवसायीक माध्यमिक विद्यालय शिल्मीका शिवप्रसाद सुवेदी प्रथम, कालिका माध्यमिक विद्यालय खुर्कोटकी रोशनी गिरी द्धितिय र शिवालय माध्यमिक विद्यालय कुश्माका होमबहादुर क्षेत्री तृतिय भएका छन् । नुवार सुवेदीथर माध्यमिक विद्यालय पाङका समीर सुवेदी, सार्वजनिक माध्यमिक विद्यालय कटुवाचौपारीका सागर बि.क., पूर्णेश्वर माध्यमिक विद्यालय पिपलटारीका शुसील नेपाली र काफलचौर माध्यमिक विद्यालय दुर्लुङका विशाल गुरुङ सान्त्वना भएका छन् ।
प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थानमा आएका विद्यार्थीहरुले पुरस्कार स्वरुप प्रतिव्यक्ति क्रमशः तीन हजार रुपैयाँ, दुई हजार रुपैयाँ, एक हजार पाँच सय रुपैयाँ र एक हजार रुपैयाँ सहित प्रमाण पत्र पाएका छन् । प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा यही मङ्सिर नौ गते कार्यक्रममा सहभागी हुन पठाइने शिक्षा अधिकृत दीपक सुवेदीले बताए ।
शिक्षा अधिकृत सुवेदीकै अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद तिवारी रहेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत अर्जुन पौडेलले गरेका थिए ।
सोमवार, कार्तिक १९, २०८१
Monday, November 4, 2024