शनि, असार ७, २०८२
Sat, June 21, 2025

चौथो राष्ट्रिय सभा अध्यक्ष कप खेलकुद मङ्सिर २० गतेदेखि

मंसिर १३, २०८०

पर्वत : जिल्लाको मोदी गाउँपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रिय सभा अध्यक्ष कपको चौथो संस्करण यही मङ्सिरेका २० गतेदेखि २४ गतेसम्म आयोजना हुने भएको छ ।

महिला तथा पुरुष भलिबल, रत्यौली गीत प्रतियोगिता, भजन प्रतियोगिता सहित जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूबिच मैत्रीपूर्ण भलिबल र म्युजिकल चियर खेल राखिएको ‘चौथो राष्ट्रिय सभा अध्यक्ष कप – २०८०’ ‘खेल अभियान ः पालिकाको पहिचान’ भन्ने नारा सहित आयोजना गरिएको हो ।

प्रतियोगितामा पुरुष भलिबलतर्फ गाउँपालिकाको वडा स्तरीय प्रतिस्पर्धा राखिएको छ। जसमा प्रथम, द्धितिय र तृतीय पुरस्कार क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र रहेका छन् । महिलातर्फको भलिबल भने खुल्लातर्फ आयोजना गरिएको छ । यसमा देशभरका कुनै पनि महिला समूहले प्रतिस्पर्धा गर्न पाउने छन् । यो प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय पुरस्कार स्वरूप क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

रत्यौली प्रतियोगितामा मोदी गाउँपालिकाभित्रका समूहले मात्रै भाग लिन पाउने छन् । यसमा प्रथम, द्धितिय र तृतीय पुरस्कार स्वरूप क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ सहित प्रमाणपत्र पाउने छन् । यस्तै मोदी गाउँपालिकाका समूहहरू मात्रै सहभागी हुन पाउने भजन प्रतियोगिताका प्रथम, द्धितिय र तृतीय पुरस्कार स्वरूप क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ सहित प्रमाणपत्र पाउने छन् ।

भलिबल खेलमा सहभागी हुने समूहले १० हजार रुपैयाँ रत्यौली र भजन प्रतियोगितामा सहभागी हुने समूहले यातायात खर्च स्वरूप १० हजार र पाँच÷पाँच हजार पाउने छन् ।

प्रतियोगिता मोदी गाउँपालिका–६ तिलाहारमा रहेको नवजागृत बहुमुखी क्याम्पसको प्राङ्गणमा सञ्चालन गरिने कार्यक्रमका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive