बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

कुश्माको बीएलई चैत एक गतेबाट सुरु हुने

फाल्गुन ६, २०८०

पर्वत : जिल्लाको कुश्मा नगरपलिकाले कक्षा ८ को अन्त्यमा लिईने आधारभूत तहको परीक्षा आउँदो चैत एक गतेबाट सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपक सुवेदीका अनुसार आधारभूत तहको परीक्षा समितिको बैठकले चैत १५ गतेबाट सुरु हुने एस.ई.ई. परीक्षा अगावै आधारभूत तहको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । एस.ई.ई. परीक्षा सँगसँगै परीक्षा सञ्चालन गर्दा दुवै परीक्षाका लागि आवश्यक जनशक्तिको व्यवस्थापन र विद्यालयहरुको भौतिक संरचनाको व्यवस्थापनमा पनि समस्या हुने भएकाले आधारभूत तहको परीक्षालाई एस.ई.ई. अगावै सम्पन्न गर्ने तयारी गरिएको हो ।
कक्षा ८ को अन्त्यमा लिइने परीक्षा नगर शिक्षा शाखामा प्रमाणित गराएर चैत मसान्तभित्रमा नै नतिजा प्रकाशन गर्नुपर्ने भएकाले उत्तरपुस्तिका परीक्षण र अंक प्रविष्टिको तयारीको लागि पनि चैत एक गतेबाट परीक्षा सञ्चालन हुन लागेको हो । परीक्षा समितिले तयार पारेको परीक्षाको कार्यतालिका अनुसार पहिलो दिन चैत एक गते अङ्ग्रेजी, चैत दुई गते नेपाली, चैत चार गते गणित, चैत पाँच गते सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, चैत सात गते विज्ञान तथा प्रविधि, चैत आठ गते स्वास्थ्य तथा शारीरिक शिक्षा र चैत नौ गते स्थानीय विषयको परीक्षा सञ्चालन हुने छन् ।
परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका र अनिवार्य विषयका प्रश्नपत्रहरु शिक्षा शाखाले नै उपलब्ध गराउने छ । स्थानीय विषयका रुपमा अध्यापन भइरहेका तथा अतिरिक्त विषयका रुपमा लागू गरिएका विषयका प्रश्नपत्रहरु भने सम्बन्धित विद्यालयले नै निर्माण गर्नुपर्ने छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive