मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

जलजलाको वार्षिक परीक्षाको सबै तयारी पूरा 

चैत्र २, २०८०
पर्वत : जिल्लाको जलजला गाउँपालिकाले चैत ४ गतेदेखि सुरु गर्न लागेको पालिका स्तरीय बार्षिक परीक्षा २०८० को तयारी पूरा गरेको छ ।
गाउँपालिकाका विभिन्न १५ वटा विद्यालयहरुलाई केन्द्र तोकेर सम्बन्धित विद्यालयमा केन्द्राध्यक्ष समेत तोकेर सञ्चालन गर्न लागिएको परीक्षाको तयारी पूरा भएको गाउँपालिकाले बताएको छ । यसअगाडि प्रथम त्रैमासिक र अर्धबार्षिक परीक्षा समेत गाउँपालिका स्तरमा नै सञ्चालन गरेको गाउँपालिकाले बार्षिक परीक्षामा पनि एकरुपता कायम गर्दै विद्यालयहरुको स्तर थाहा पाउन पालिका स्तरमा परीक्षा सञ्चालन गर्न लागेको हो ।
विद्यालयहरुको खस्कीँदो अवस्थाका कारण समस्यामा रहेका सामुदायिक विद्यालयहरुको अवस्था सुधार्नको लागि आफू निरन्तर लागिरहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । शैक्षिक सुधार नै आफ्नो प्रामुख एजेण्डा रहेको भन्दै यसैमा निरन्तर र नियमित रुपमा लागिरहेको बताए । शैक्षिक सुधारका लागि विज्ञहरुले दिएको सुझावका आधारमा आवश्यक कामहरु गरिरहेको उनको भनाइ छ ।
गुणस्तरीय शिक्षाको खोजीमा गाउँघर छाडेर बालबच्चा बोकेर सहर पस्ने क्रम नरोकिएकोमा चिन्ता व्यक्त गर्दै उनले रित्तिँदै गएका बस्तीहरुलाई पुनः भरीभराउ बनाउन शैक्षिक क्षेत्र पनि एक अपरिहार्य पक्ष रहेको अध्यक्ष आचार्यले बताए ।
परिक्षामा गाउँपालिकाभरका कर्मचारी, जनप्रतिनिधि र सरोकारवालहरु समेत खटाएर प्रभावकारी बनाउन प्रयास गरिने छ । परिक्षा सकिएपछि सम्पूर्ण विद्यार्थीहरुको सिकाई उपलब्धि स्तरलाई एकीकृत तथ्याङ्कको रुपमा तयार पार्ने गाउँपालिकाको योजना छ । विद्यालय र विद्यार्थीहरुको वर्तमान अवस्थाको बारेमा थाहा पाउन परीक्षा केन्द्रबाट उत्तरपुस्तिकाहरु गाउँपालिकाको केन्द्रमा लगेर परीक्षण गर्ने योजना बनाइएको पनि अध्यक्ष आचार्यले बताए ।
‘हामीले १२ कक्षा सम्मको सबै परीक्षा गाउँपालिकाले नै सञ्चालन गर्दै आएका छौँ । गाउँपालिकाले नै प्रश्न बैंक र परीक्षा समिति निर्माण गरेर परीक्षाको तयारी गरेको छ । गाउँपालिकाभरका जम्मा १५ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ, जसमा बाह्य विद्यालयबाट जनशक्ति खटीएर परीक्षा चलाउँछ’ उनले भने, ‘अन्य पालिकाहरुमा ८ कक्षाको परीक्षा मात्रै स्थानीय तह स्तरमा गरेको भए पनि हामीले विद्यालयका सबै कक्षाको परीक्षा पालिका स्तरमा गरिरहेका छौँ ।, सफ्टवेयरका माध्यमबाट परीक्षाको नतिजा विश्लेषण गरिन्छ । विद्यार्थी र विद्यालयको अवस्था थाहा पाएपछि सोही अनुसार नयाँ शैक्षिक सत्रमा योजना निर्माण गरेर कार्यान्वयन गर्ने छौँ ।’
spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive