बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
spot_img

कुश्माको आयोजनामा सञ्चालित संक्रमण रोकथाम तथा नियन्त्रण तालिम सम्पन्न

पर्वत : पर्वतका सञ्चालन भएको संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धि पाँच दिने तालिम समापन भएको छ । कुश्मा नगरपालिकामा सञ्चालित सबै स्वास्थ्य संस्थामा सुरक्षित उपचार तथा संक्रमणमुक्त अवस्था सृजना गर्ने हेतुले उक्त तालिम सञ्चालन गरिएको थियो । चैत्र १ गतेबाट शुरु भएको तालिम सोमबार सम्पन्न भएको हो ।
दुई चरणमा सञ्चालित तालिममा सहभागी भएकालाई प्रमाणपत्र वितरण गर्दै तालिम समापन गरिएको छ । साथै स्वास्थ्यचौकीमा निसंक्रमणका लागि आवश्यक सामग्री समेत वितरण गरिएको छ । कुश्मा नगरपालिका र गुड नेवर्स इण्टरनेशनलको आर्थिक एवं प्राविधिक सहयोगमा नवचेतना सामूदायिक विकास केन्द्र पर्वतले कुश्मामा उक्त तालिम सञ्चालन गरेको थियो । सहभागीले यो तालिम अत्यन्त प्रभावकारी भएको बताएका छन् ।
स्वास्थ्य संस्थामा नियमित रुपमा गर्ने कार्य लाई प्रभावकारी रुपमा लागु गर्न तालिमले पृष्ठपोषण प्राप्त भएको सहभागीले बताएका छन् । विभिन्न उपकरणको प्रयोग, उपकरणको निसंक्रमण, परजीवी नियन्त्रण, फोहोर व्यवस्थापन, नियमित सरसफाई र संक्रमण फैलिने कारणहरुको बारेमा सुक्ष्म ढंगले सिक्ने मौका पाएको छमर्के आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख राधाकुमारी शर्माले बताउनुभयो । उहाँले तालिममा सिकेका कुरा लाई पूर्णतया व्यवहारमा उतार्ने पनि बताउनुभयो । तालिममा सहभागी सबैले सिकेका कुराहरुलाई व्यवहारमा लागु गरि एक हप्तामै स्वास्थ्य संस्थाको सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सहभागीलाई कुश्मा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्मा, नवचेतना सामूदायिक विकास केन्द्रका अध्यक्ष गोपालदास पौडेल, सचिव चन्द्रप्रसाद शर्माले प्रमाणपत्र वितरण गर्नुभयो । समापनमा बोल्दै स्वास्थ्य शाखा प्रमुख शर्माले तथ्यांकमा मात्रै नभएर व्यवहारमै स्वास्थ्यचौकीको नियमित कार्यमा परिवर्तनको अनुभुती हुने कुरामा विश्वास रहेको बताउनुभयो । उहाँले यो तालिम पश्चात आफूहरुले स्वास्थ्य संस्थाको अनुगमन गर्ने भएकाले तालिमका सबै पक्षको प्रयोगमा ध्यान दिन पनि सुझाव दिनुभएको थियो । कार्यक्रममा प्रशिक्षक अन्जना पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष सन्तोष थापा, सहभागी राधाकुमारी शर्मा लगायतले पनि बोल्नुभएको थियो । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले चैत्र १ गते तालिमको उद्घाटन गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive