बुधबार, चैत्र १२, २०८१
Wednesday, March 26, 2025

छोराको जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

पर्वत : पर्वतको एक दम्पतीले आफ्नो छोराको जन्मदिनको अवसर पारेर विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।
सामाजिक कार्यमा संलग्न रहँदै आएका तथा शिक्षा प्रेमी कुश्मा नगरपालिका–५ निवासी विष्णु शर्मा र सरिता शर्माले अध्ययनको सिलसिलामा हाल बेलायतमा रहेका माहिला छोरा सन्तोष शर्माको ३५ औँ जन्मदिनको अवसरमा कुश्मा नगरपालिका–५ मा रहेको नारायण माध्यमिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई सहयोग गरेका हुन् ।
सन्तोष २५ वर्ष पूरा गरी २६ वर्षमा प्रवेश गरेको अवसरमा विद्यालयमा अध्ययनरत, गरिब, दलित तथा जेहेन्दार २६ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू सहयोग गरिएको सहयोगदाता परिवारले बताएको छ । झन्डै २६ हजार रुपैयाँ बराबरका कापी, कलम, पेन्सिल लगायतका सामग्रीहरू विद्यार्थीहरूलाई वितरण गरिएको थियो ।
सो अवसरमा बोल्दै सहयोगदाता सरिता शर्माले आफूले विद्यालयलाई जीवित देवताहरूको मन्दिरको रूपमा हेर्ने गरेकोले छोराको जन्मोत्सवको अवसरमा विद्यालयमा सहयोग गरेको बताइन् । आफ्नो सन्तान अध्ययनकै लागि देश बाहिर रहेकोले आफूले पनि अध्ययन कर्ममा नै रहेका बालबालिकाहरूलाई सहयोग गरेको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक प्रकाश रिजालले सामाजिक काममा रमाएर सहयोगी भावना राख्ने शिक्षा प्रेमी दम्पतीबाट विद्यालयमा भएको सहयोगको प्रशंसा गरे । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरू सम्पन्न परिवारबाट नआउने भएकोले धेरै विद्यार्थीहरूले समस्या भोगिरहेको बताए । आर्थिक अभावका कारण शैक्षिक सामग्रीको अभाव झेलिरहेका बालबालिकाहरूलाई सहयोग गर्दा धर्म र सन्तुष्टि दुवै प्राप्त हुने उनको भनाइ छ । जन्मोत्सव विद्यालयमा नै मनाउन जोड गरेकोप्रति स्थानीय सन्तु गिरीप्रति विद्यालय आभारी रहेको प्रधानाध्यापक रिजालको भनाइ छ ।
यस्तै विद्यालयको विद्यालय व्यवस्थापन समितिका सदस्य देवराज पुरीले अध्ययनको सिलसिलामा बेलायतमा रहेका सन्तोषको उज्ज्वल भविष्यको कामना गर्दै विद्यालयमा गरेको सहयोगप्रति आभार व्यक्त गरे । जन्मदिनको अवसरमा अनुत्पादक क्षेत्रमा फजुल खर्च गर्ने क्रम बढिरहेको बेलामा समाजका लागि उदाहरणीय काम गरेको सहयोगदाताप्रति उनले धन्यावाद व्यक्त गरे ।

 

 

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive