पैयुँ : पैयुँ गाउँपालिकाका सम्पुर्ण वडाका अशक्त , वृद्ध बुबा आमाहरुलाई नजिक पर्ने सहज स्थान घर गाउँमै पुगेर स्वास्थ परिक्षण एवं औसधि वितरण कार्यक्रम अन्तर्गत वडा नं २ को अर्थुन बजारमा अध्यक्ष संग जेष्ठ नागरिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ६० वर्ष माथिका ७१ जेष्ठ नागरीक हरुको सामान्य स्वास्थ्य परीक्षण गर्नुको साथै रक्तचाप परीक्षण, पिसाबमा प्रोटिन र सुगरको जांच, रगत वाट मधुमेहको जाँच एवम् संकास्पद क्षयरोगका बिरामीहरूको खकार नमूना संकलन गरिएको थियो ।
जेष्ठ नागरिक आमा बुबाको शारीरिक अशक्ततालाई मध्यनजर गर्दै उहाँहरुको औषधि प्राप्ति र स्वास्थ परिक्षणमा सहजता पुगोस भनेर गाउँपालिकाले आ.व ८०/८१ को सामाजिक न्याय अन्तर्गतको योजना समावेश गरि अध्यक्ष संग जेष्ठ नगारिक कार्यक्रम संचालन गरिएको कार्यक्रमका प्रमूख अतिथि एवं गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले बताउनुभयो ।
उक्त अवसरमा बोल्दै अध्यक्ष ठकुरीले आगामी आर्थिक बर्षमा पनि अझै परिमार्जन गर्दै यस्ता प्रबर्द्धनात्मक एवम समतामूलक न्याय संग जोडिएका विभिन्न कार्यक्रम संचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
अध्यक्ष संग जेष्ठ नागरिक कार्यक्रम गाउँपालिकाका ७ वडामा पुगेर संचालन गरिने छ ।