मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

नेष्डो नेपालले यसरी मनाउँदै छ आफ्नो ३० औँ स्थापना दिवस

नेपालमा गरिबी रहेसम्म गरिबी बिरुद्धको हाम्रो लडाई जारी रहने छ भन्ने नारा सहित सञ्चालनमा रहेको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालले आफ्नो ३० औँ स्थापना दिवस विविध सप्ताहब्यापी रुपमा कार्यक्रमहरु गरेर मनाउने भएको छ ।

संस्थाका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईँको भोलि परेको ५३ औँ जन्मोत्सवको समेत अवसर पारेर बिभिन्न कार्यक्रमहरु गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । संस्थाले भोलि बहिान ८ बजेका लागि संस्थाको साधारण सभा सम्पन्न गरेपछि दिउसो साढे १ बजेबाट सप्तहाब्यापी कार्यक्रमको औपचारिक रुपमा सुरुवात गरिने संस्थापक अध्यक्ष प्रसाईँले जानकारी दिए ।

भोलि युनिभर्सल पार्टी प्यालेस कुश्मामा हुने उदघाटन सत्रमा आर्थिक समस्याका कारण उपचारमा समस्यामा परेकाहरु, आगलागी पिडित लगायतलाई न्यूनतम १० हजार वा सो भन्दा बढी आर्थिक सहयोग गर्ने कार्यक्रम छ । यस्तै नियमित योगा सञ्चालनको लागि हिमालयन सिद्ध महायोग केन्द्र पर्वत शाखा प्रसाईँले व्यक्तिगत रुपमा एक लाख रुपैयाँ सहयोग गर्नुहुने छ । सोही अवसरमा देशका विभिन्न प्रदेशका केही सामाजिक अभियान्ताहरु, कलाकारिताको क्षेत्रमा आफ्नै जिल्लामा रहेर काम गरेका केही कलाकारहरु, पर्वतमा रहेर सक्रियताका साथ काम गरिरहेका तीन जना पत्रकारहरुलाई पनि नगद राशी सहित सम्मान गरिने प्रसाईँले बताए ।

साताव्यापी कार्यक्रम अन्तर्गत वैशाख १७ गते मानव सेवा आश्रममा खाद्यान्न सामग्री तथा मानवीय राहत सहयोग हस्तान्तरण गर्ने तालिका छ । वैशाख १८ गते पर्वत अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिने, १९ गते विश्व मजदूर दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना हुने, २० गते अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया राखिएको छ ।

२१ गते शैक्षिक सहयोग, ज्येष्ठ नागरिक सम्मान तथा गुरु सम्मान कार्यक्रम र २२ गते सामाजिक संस्था अन्तरक्रिया सम्मेलन तथा सप्ताहव्यापी कार्यक्रमको समापन गर्ने तालिका रहेको छ । २१ गते मोदी गाउँपालिका—५ बाजुङमा आयोजना हुने कार्यक्रममा उक्त वडाका नौ ओटै विद्यालयका सबै बालबालिकाहरुलाई झोला सहितका शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम राखिएको छ ।

कुश्मामा भोली हुने सम्मान कार्यक्रममा छुटेकाहरुलाई २२ गते पोखरामा आयोजना हुने समापन कार्यक्रममा सम्मान गर्ने संस्थाको तयारी छ । नौलो प्रयोगको रुपमा सामाजिक सञ्जालको सदुपयोग गर्ने पर्वतका कोही एक जना सामाजिक सञ्जालका प्रयोगकर्तालाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ । यो अवधिमा जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासत कक्षलाई थप व्यवस्थित बनाउन केही सामग्रीहरु हस्तान्तरण पनि गरिने नेष्डोका संस्थापक अध्यक्ष प्रसाईँले जानकारी गराएका छन् ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive