पर्वत : सभानेपाली काँग्रेस पर्वतको आयोजनामा आज कुश्मा नगरपालिका–११ पकुवा स्थित रानीस्वाँराका स्वर्गीय डाँसु नेपालीको सातौँ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेसका क्रियाशलि सदस्य समेत रहनुभएका स्वर्गीय नेपालीको घरमा नै पुगेर नेपाली काँग्रेस पर्वतका सभापति यूवराज जोशी, नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य टंकप्रसाद सुवेदी, नेपाली काँग्रेस पर्वतका उपसभापति शिवप्रसाद सुवेदी, महाधिवेसन प्रतिनिधि तथा जिल्ला कार्यसमिति सदस्य शिव शर्मा अधिकारी, रेडियो शालिग्रामका स्टेशन म्यानेजर गोविन्द अधिकारी, समाजसेवी रामप्रसाद सुवेदी, सूर्यबहादुर नेपाली, रामबहादुर नेपाली, शान्ति नेपाली, लगायतले स्वर्गीय नेपालीको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्नुभयो ।
पार्टीका तर्फबाट शोक व्यक्त गर्दै सभापति जोशीले नेपालीको निधनले पार्टीको राजनीतिमा अपुरणीय क्षति भएको बताउँदै उहाँको शोकाकुल परिवारमा धैर्य धारणको कामना गर्नुभयो । समाजमा स्वर्गीय नेपालीले पु¥याउनुभएको योगदानको पार्टीले पनि उच्च कदर गरेको भन्दै सभापति जोशीले नेपाली सहित अन्य समाजसेवीहरुले खोजेको जस्तो समाज निर्माणका लागि सबैको योगदान आवश्यक रहेको बताउनुभयो ।
यस्तै नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य टंकप्रसाद सुवेदीले पनि नेपालीको सक्रियताको प्रशंसा गर्दै परिवारमा धैर्य गर्ने शक्ति प्राप्तीको कामना गर्नुभयो ।
नेपालीको ८५ वर्षको उमेरमा निधन भएको थियो ।
स्व. नेपालीको स्मृतिमा श्रद्धाञ्जली सभा
बैशाख १५, २०८१
