पर्वत : स्वास्थ्य कार्यालय पर्वतले ‘शून्य लागतमा नयाँ वर्ष, नयाँ अभ्यासको सुरुवात’ अन्तर्गत पहिलो भागमा स्वास्थ्यकर्मीहरुलाई ‘डेटा इरर एन्ड डेटा भेरीफिकेसन’ विषयमा अभिमुखीकरण गरिएको छ ।
कार्यालय प्रमुख प्रविन शर्माका अनुसार ‘जुम’ मार्फत भएको कार्यक्रममा ९० जना भन्दा बढी स्वास्थ्यकर्मीहरुको उपस्थितिमा करिब तीन घण्टासम्म कार्यक्रम चलेको थियो । कार्यक्रममा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका तथ्याङ्क अधिकृत प्रवीण भण्डारी सहजीकरण गरेका थिए ।
नया वर्ष २०८१ देखि नयाँ कार्यको शुरुवात गर्ने उद्धेश्य सहित स्वास्थ्कर्मीहरुको ज्ञान तथा सिप अभिबृद्धि एवं पुनरावलोकन गर्न थालिएको हो । स्वास्थ्य संस्थालाई प्रविधिमैत्री गराउने उद्देश्यका साथ ‘शून्य लगानी’ मा जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि फरक–फरक विषय तथा फरक–फरक स्रोत व्यक्तिको सहजीकरणमा भर्चुअल सेसन प्रत्येक महिना सञ्चालन गर्न लागिएको हो ।
स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माको अध्यक्षतामा सञ्चालन भएको अभिमुखीकरणमास्वास्थ्य कार्यालयकै पब्लिक हेल्थ नर्स निरीक्षक सुमन शर्माको कार्यक्रम सञ्चालन रहेको थियो ।
स्वास्थ्य कार्यालय पर्वत : ‘शुन्य लागतमा नयाँ अभ्यास’ शुरु
