पर्वत : कोही पनि महिला घरेलु हिँसा, कुटपिट, मानसिक यातना, यौन हिँसा लगायतका विभिन्न हिँसाबाट पिडित भएको भए एकद्धार संकट व्यवस्थापन केन्द्रमा ल्याउन वा आउन पर्वत अस्पतालले अनुरोध गरेको छ ।
अस्पतालमा रहेको केन्द्रबाट निःशुल्क रुपमा नै स्वास्थ्य सेवा सहित परामर्श सेवा उपलब्ध रहेकोले समस्यामा पर्नुभएका कोही पनि महिला अस्पतालमा आउने सक्ने अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायले बताए । हिँसामा परेका कोही महिला वा किशोरी भएमा आफै अस्पतालमा आउन वा आउन नसक्ने भएमा छिमेकी वा आफन्तले सघाइदिन पनि अस्पतालले अनुरोध गरेको छ ।
कसैको सानो प्रयास वा सहयोगले लैङ्गिक हिंसाबाट पीडित र प्रभावित महिलाहरुले आवश्यक सेवा र सहयोग प्राप्त गरी जीवनमा अगाडि बढने अवसर पाउने उपाध्यायको भनाइ छ । लैङ्गिक हिँसा भनेको लिङ्गका आधारमा नीजि वा सार्वजनिक ठाउँमा हुने अवाञ्छित गतिबिधि वा शारीरिक, मानसिक र यौनिक हानी पु¥याउनु भन्दै उनले आर्थिक स्रोत र साधनबाट बञ्चित गर्नु र व्यक्ति स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारबाट बञ्चित गरिनु पनि हिंसा हुने बताए ।
आर्थिक वर्ष २०७८/०७९ मा ५१ जना, २०७९/०८० मा ४७ जना र चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्म ३८ जनाले एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट सेवा लिइसकेका फोकल पर्सन सरस्वती बरालले बताइन् । केन्द्रबाट लैङ्गिक हिंसा पीडितहरुलाई निःशुल्क औषधोपचार, तालिम प्राप्त मनोसामाजिक परामर्शद्धारा उचित सल्लाह र सुझाव, आवश्यक कानुनी सल्लाह र सेवा, हिंसा पीडित महिलाहरुलाई सुरक्षित रुपमा आवास तथा खानपान सहितको अल्पकालिन आश्रय उपलब्ध हुने उनको भनाई छ ।
यस्तै हिंसा पीडितहरुलाई निजको परिवारमा पुनःस्थापना गर्नको लागि आवश्यक पहल र प्रयास, परिवारमा पुनःस्थापना सम्भव नभएका महिलाहरुलाई आत्मनिर्भर भइ समाजका पुनःस्थापित गराउनको लागि आवश्यक पहल र प्रयास, परिवारमा पुनःस्थापना सम्भव नभएका महिलाहरुलाई आत्मनिर्भर भइ समाजमा पुनःस्थापित गराउनको लागि आवश्यक पहल गर्ने तथा सेवा उपलब्ध गराउने प्रक्रियामा हिंसा पीडित प्रभावितहरुको सुरक्षा र गोपनियता कायम रहने पनि पर्वत अस्पतालले बताएको छ ।