शनि, असार ७, २०८२
Sat, June 21, 2025

नेपाली भाषा शिक्षक परिषद्को आयोजनामा एक दिवसीय शिक्षक अभिमुखीकरण हुने

बैशाख २०, २०८१

नेपाली भाषा शिक्षक परिषद् पर्वत शाखाको आयोजनामा एकदिवसीय शिक्षक अभिमुखीकरण कार्यक्रमको आयोजना हुने भएको छ ।

आउँदो जेठ १८ गते आयोजना गर्न लागिएको हिज्जे प्रतियोगिताको सन्दर्भ पारेर शिक्षकहरुको लागि अभिमुखीकरणको आयोजना गरिएको कार्यक्रमका संयोजक लक्ष्मण पौडेलले जानकारी दिनुभयो । जेठ १८ मा हुने प्रतियोगितामा कक्षा छ देखि १० सम्मका विद्यार्थीहरु सहभागी हुँदै छन् । हिज्जे शिक्षणको सैद्धान्तिक तथा व्यावहारिक पक्षका साथै हिज्जे प्रतियोगिता सञ्चालनको आधारभूत पक्षको जानकारी दिने उद्धेश्यले पर्सी शुक्रवारका लागि कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त अभिमुखीकरण कार्यक्रम फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक माध्यमिक विद्यालयको सभाहलमा आयोजना गरिएको संयोजक पौडेलले जानकारी दिनुभयो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive