बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024

पर्वतमा पनि सुरु भयो ट्राफिक सप्ताह

पर्वत : ट्राफिक सचेतनामा बृद्धि गरी सवारी दुर्घटनामा न्यूनीकरण जनधनको क्षति गर्ने उद्धेश्य राखेर मंगलबारदेखि पर्वतमा पनि ट्राफिक सप्ताह सुरु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको आयोजनामा मंगलबारदेखि वैशाख ३१ गतेसम्म पर्वतको सदरमुकाम कुश्मा बजारदेखि ग्रामिण क्षेत्रसम्म पुगेर बिभिन्न कार्यक्रमहरु गर्न लागिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रहरी नायव निरीक्षक प्रमुख सिताराम ओझाले जानकारी दिए । मंगलवार पहिलो दिन ट्राफिक सचेतना प्लेकार्ड सहित ¥याली निकालेर औपचारिक कार्यक्रमको आयोजना गरिएको छ । लोकतान्त्रीकचोक बाट बिभिन्न ब्यानर, प्ले कार्ड सहित भएको प्रभातफेरी पर्वत जिल्ला उधोग बाणिज्य संघको सभाहलमा ट्राफिक सप्ताह–२०८१ समुद्घाटन समारोहमा परिणत भएको थियो ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जाशीको प्रमुख आतिथ्यता बालकलाई हेलमेट लगाईदिएर सप्ताहको उद्घाटन गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यको अध्यक्षताम भएको कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल गण हे.क्वा.पर्वत नं.२५ गणका ससस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुषाल, नयाँ रणभिम गुल्म पर्वत गोदाम ब्यारेकका सह सेनानीसुवास गुरुङ, उधोग बाणिज्य संघ पर्वतका अध्यक्ष ठाकुर बि.पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा लगायतको उपस्थिति रहेको थियो । कुश्मा नगरपालिकाका वडाअध्यक्ष्हरु सहित अन्य जनप्रतिनिधिहरु शिक्षक, बिधार्थी, नेपाल स्काउट, रेडक्रस, लायन्स, लियो क्लबका पदाधिकारीहरु, युवा क्लव, आमा समुह लगायत पनि कार्यक्रममा सहभागी भएका थिए ।

यसैबीच, ट्राफिक सप्ताह अन्तर्गत मंगलबार पहिलो दिन जिल्लामा रहेका ट्राफिक पोष्टहरुबाट लघु सचेतनामूलक कार्यक्रमहरु सत्तचालन गर्दै लामो दूरीका सवारीमा गण्डकी प्रदेशमा ट्राफिक सप्ताह सुरु लेखिएका ब्यानरहरु टाँसिएको छ । चैत २६ गते चोक चोकमा ट्राफिक प्रहरीसँगै स्वयंसेवक परिचालन गर्ने, पैदलयात्रुलाई बाटो काट्न सिकाउने, सडकका खाडहरु पुर्ने, अव्यवस्थित पार्किङ हटाउने काम हुनेछन् ।

तेस्रो दिन चैत २७ गते ग्रामिण सडक लक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, चौथो दिन चैत २८ गते चालक परिचालक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने छ । पाँचौँ दिन चैत २९ गते मानिसको बढी आवतजावत हुने स्थानमा सडक प्रयोगकर्ता र विद्यालयमा विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गर्ने, छैटौँ दिन चैत ३० गते स्वास्थ्य संस्थाहरुसंगको सहकार्यमा चालक र सहचालकहरुको रक्तचाप, आँखा, छाती तथा अन्य स्वास्थ्य परीक्षण गर्ने तथा कुनै रोगको नियमित औषधि सेवन गरे नगरेको यकिन गरेर नियमित रुपमा औषधि सेवनको लागि प्रोत्सहान गर्ने कार्यक्रम छ ।

सप्ताहको अन्तिम तथा सातौँ दिन पत्रकारहरुसँग सात दिने ट्राफिक दुर्घटना न्यूनीकरण सम्बन्धि समिक्षा सहितको अन्तरक्रिया कार्यक्रम राखिएको छ । सोही दिन नै यातायात व्यवसायी, मजदुर, शैक्षिक संस्था, स्थानीय तह, सामाजिक संघ संस्था तथा सरोकारवाला नियकाहरुको उपस्थितिमा सवारी दुर्घटनाबाट ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरी ट्राफिक सप्ताहको समापन गर्ने कार्यक्रम रहेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive