पर्वत : जिल्लाको मोदी गाउँपालिका–५ बाजुङमा खानेपानीको समस्या भएपछि समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ले पानीको व्यवस्थापनका लागि पाइप सहयोग गरेका छन् ।
बाजुङको फलाल्ने, छापा, शेलुकी, गैरीगाउँ, चिनाखेत लगायतका ठाउँमा पानीको समस्या भएपछि हाल हङकङमा रहेका समाजसेवी गुरुङले पानीको सुविधाको लागि ३२ एमएमको करिब एक हजार मिटर पाइप सौजन्य गरेका हुन् । गाउँमा पानीको समस्या भएको जानकारी भएसँगै पोखराबाट पाइप पठाएर तत्कालिन समस्या समाधानको लागि प्रयास गरेको गुरुङले बताए ।
‘गाउँमा खानेपानीको समस्या भएको थाहा भएपछि तत्कालका लागि समस्या समाधान गर्नको लागि पाइप पठाइएको हो । पानीको समस्या मेटाउन केही दीर्घकालिन योजना आवश्यक हुन्छ’, समाजसेवी गुरुङले भने, ‘गर्मी बढ्नु, आगलानी हुनु, जलबायु परिवर्तन हुनु लगायत सहित मानवीय कारणहरुले नै पानीका स्रोतहरु सुक्दै गएका छन् । पानीका मुहानको आवश्यक संरक्षण नगर्ने हो भने कुनै दिन पानी नै नपाइने स्थिति आउन सक्छ ।’
आफू जहाँ रहे पनि आफ्नो जन्म गाउँमा आउने समस्या समाधानको लागि तयार रहेको भन्दै उनले आफू जसरी भए पनि गाउँको तिर्खा मेटाउनुपर्छ भन्ने पक्षमा रहेको बताए । १२ वर्ष अगाडि पनि आफ्नो पहलमा एक घर एक धारा निर्माण गरेको भन्दै उनले आफू आगामी दिनमा पनि आफ्नो गाउँ सहित समाज सेवाका लागि तयार रहेको उनको भनाइ छ ।
बाजुङकै मिलन किवी फार्मका सञ्चालक तारा दर्जीले समाजसेवी गुरुङले उपलब्ध गराएको पाइपलाई मङ्गलबार नै बिछ्याएर गाउँमा पानीको व्यवस्थापन गर्न लागिएको बताए । ३० वर्ष अगाडि नेवा नामक संस्थाले पानीको व्यवस्थापन गरेको भए पनि ती संरचनाहरु पुराना बन्दा र नयाँ योजना नहुँदा गाउँमा पानीको समस्या भएको उनको भनाइ छ । बाजुङका विभिन्न स्थानमा एक घर एक धारा कार्यक्रम अन्तर्गत पानीको व्यवस्थापन भएको भए पनि साविकको वडा नं. ६ मा उक्त योजना नहुँदा गाउँलेहरुले समस्या भोगिरहेको दर्जीले बताए ।
गाउँमा रहेका करिब ८० परिवारले काउलेमा रहेको मुहानको पानी पाइपमार्फत लगेको भए पनि उक्त पाइपलाइनको आपुर्ति बिग्रिएको छ । कतै डढेलोले त कतै पानीका मुहान नै सुकेर गाउँमा पानीको समस्या भएको हो । समाजसेवी गुरुङमार्फत आएको पाइपलाई मङ्गलबार जनश्रमदान गरेर मुहानसम्म बिछ्याउने तयारी रहेकोले यसपछि भने कम्तीमा दुई वटा टोलमा पानीको समस्या तत्कालका लागि हट्ने छ ।
छापामा समेत पानीको अभाव भएको भनेर आएको भनेर माग आएपछि समाजसेवी गुरुङले नै २० एमएमका तीन क्वाइल पाइप उपलब्ध गराएपछि छापामा पनि पानीको समस्या हट्ने भएको छ ।
स्थानीय महेन्द्रशिखरी माध्यमिक विद्यालयका शिक्षक लक्ष्मण शर्माले गाउँमा पानीका मुहानहरु सुक्दै जानु, वन फडानी तथा आगलागी हुनु, परम्परागत पानीका मुहानहरु हराउनु, विश्वब्यापी रुपमा नै जलवायु परिवर्तन हुनु, सुरुङहरु निर्माण गरिनु, अनियन्त्रित तरीकाले सडक खनिनु, लगायतका कारण पनि बाजुङ जस्तै अन्य ठाउँमा पनि पानीको समस्या बढ्दै जान थालेको बताए ।
देशका बिभिन्न विद्यालयमा अक्षयकोष स्थापना गरेर बालबालिकाहरुको अध्ययनमा सघाउने, विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्रीहरु वितरण गर्ने, स्वास्थ्य संस्थाहरुमा आर्थिक तथा भौतिक सहयोग गर्ने, सामाजिक संघ संस्थाहरुमा आर्थिक तथा भौतिक सहयोग लगायतका काममा गुरुङ सक्रिय रहँदै आएका छ । हाल पर्वत मञ्च हङकङको अध्यक्ष समेत रहेका उनी मिलन फाउण्डेसन नेपालका संस्थापक समेत हुन् । सामाजिक क्षेत्रमा काम गर्नको लागि मिलनको नामबाट धेरै संस्थाहरु जन्मिएपछि सबै संस्थाहरुको संरक्षणको लागि बनेको मिलन ग्रुप अफ नेपालको संयोजकको रुपमा गुरुङ रहेका छन् ।
अबको केही समयपछि हङकङमा आयोजना हुन लागेको एक सांस्कृतिक कार्यक्रमका लागि पर्वतबाट बिमलराज क्षेत्री लगायतका कलाकारहरुलाई हङकङ लैजाने तयारी गरिरहेका गुरुङले केही महिनामा नै पर्वतमा स्वास्थ्य शिविरको आयोजना गर्न लागेका छन् । चलचित्रका निर्माता समेत रहेका गुरुङले पर्वत जिल्ला बाहेक देशका बिभिन्न जिल्लामा पनि पुगेर सामाजिक कामहरु गर्दै आइरहेका छन् ।
हाल हङकङमा रहेको भए पनि उनको जन्म गाउँ भने मोदी गाउँपालिका–५ बाजुङको फलाल्ने हो ।