बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

मोडलिङमा जम्दै प्युठाने शान्त शिशिर

निर्मल पौडेल

पर्वत : लोक तथा दोहोरी गायक कुशल शब्द सर्जक प्युठानका शान्त शिशिर पछिल्लो समय मोडलिङमा करियर देखेर हाम फालेका छन।

बिगत दुई दशक देखि सिर्जना र अभिनयमा रमाएर अमुल्य जीवन बिताएका शिशिर `बेसारे माया´ लिएर बजारमा आउने भएका हुन। यातना टेलीसिरियलमा सफल कलाकारको अभिनय गरेका शिशिरले सयौ गीती एल्बमको ग्राफिक्स डिजाइन समेत गरेका छन। भ्यू प्वाइन्ट प्रालीका प्रबन्धक समेत रहेका शिशिरले बेसारे मायामा निकै मेहनत गरेका छन। दुई दशक देखि यही फिल्डमा सङर्घरत छु, अबको यात्रा मोडलिङ लाई फोकस गर्ने बिचार गरेको छु शिशिरले सुनाए।

उनले भने “मैले गित सङ्गितमै भविस्य देखेरनै यो फिल्डमा आएको हुँ ! श्रोता दर्शकको माया पाए मेरो कर्ममा सफलताको एउटा इट्टा थपिनेछ। “म्युजिक भिडियोमा नायिकाको रुपमा शिशिर लाई सन्चिता साहीले साथ दिएकी छन। नवीन बाबू विश्वकर्माको मार्मिक शब्द रहेको बेसारे मायामा सङ्गीत स्वयं शिशिरले भरेका छन। बिक्रम परियार र अन्जु बिश्वकर्माको कर्णप्रिय आवाजमा सजिएको गितको एरेन्ज हेमन्त शिशिर र मिक्सिङ सन्जय श्रीपालले गरेका छन। निकै मेहनतका साथ निर्माण गरिएको म्युजिक भिडियो जेठ ११ गते शान्ता शिशिर युटुब च्यानल बाट सार्वजनिक गरिने निर्माण टिमले बताएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive