बुध, फाल्गुन २७, २०८२
Wed, March 11, 2026

गणतन्त्र दिवसको अवसरमा अनेरास्ववियु वक्तृता प्रतियोगिता गर्दै

जेष्ठ ११, २०८१

पर्वत : यही जेठ १५ गते मनाइने नेपालको गणतन्त्र दिवसको अवसर पारेर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पर्वतको आयोजनामा वक्तृता प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुले गणतन्त्र दिवसको अवसरमा तीन दिवसीय कार्यक्रम गर्न लागेको सोही अवसरमा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूको लागि वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । अध्यक्ष मोहनविक्रम पौडेलका अनुसार गणतन्त्र दिवसको अघिल्लो दिन जेठ १४ गते ‘गणतन्त्र स्थापनामा युवा विद्यार्थीहरूको भूमिका’ विषयमा शिवालय बहुमुखी क्याम्पस कुश्मामा प्रतियोगिताको आयोजना गरिएको छ । उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय बन्नेहरूले पुरस्कार स्वरूप क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ सहित प्रमाणपत्र पाउने छन् ।

दिवसकै अवसरमा आर्थिक रूपमा समस्यामा रहेका केही विद्यार्थीहरू छनोट गरेर स्टेशनरी सामग्रीहरू वितरण गर्ने, दीप प्रज्वलन गर्ने, पर्वत अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य लाभको कामना सहित फलफूल वितरणको कार्यक्रम पनि राखिएको अनेरास्ववियु पर्वतका सचिव सुजन पौडेलले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive