शनि, माघ १०, २०८२
Sat, January 24, 2026

काठमाडौँबाट बेनी जाँदै गरेको बस कास्कीमा दुर्घटना हुँदा आठ जना घाइते

जेष्ठ १७, २०८१
पर्वत : काठमाडौँबाट बेनीका लागि छुटेको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लवाडीमा दुर्घटनामा पर्दा आठ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार बिहान करिब पौने चार बजेको समयमा बा ५ ख २८५ नम्बरको बस सडकको  दायाँ साइडतर्फ नालामा पल्टिँदा बसमा सवार १३ जना मध्ये आठ जना घाइते भएका छन्। घाइते भएकाहरूमा बसका चालक पर्वतको जलजला गाउँपालिका–८ का ३६ वर्षीय बल बहादुर फगामी मगर, म्याग्दीको मालिकाका ३९ वर्षीय टक बहादुर कामी, मङ्गला गाउँपालिका–१ निस्कोटका ४५ वर्षीय प्रेम पुन, ५७ वर्षीय तिलक शर्मा, म्याग्दी घर बताउने २५ वर्षिया रञ्जना हमाल, मालिका गाउँपालिकाको दरबाङकी १५ वर्षिया सबिता श्रीपाली र १५ वर्षीय भीमसेन अधिकारी तथा सिमहका ५७ वर्षीय हरि के.सी रहेका छन्।
उनीहरूको पोखरास्थित मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र बेनीस्थित म्याग्दी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको कास्की प्रहरीले बताएको छ।
spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive