बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

सेनाका चार जिल्लाका गुल्म र गणको ‘वाहिनीपति ट्रफी’ बागलुङमा सुरु

पर्वत : नेपाली सेनाको बागलुङमा रहेको श्री नं. २३ वाहिनी अड्डामा ‘वाहिनीपति ट्रफी प्रतियोगिता– २०८१’ सुरु भएको छ।
बागलुङको शेराडिल ब्यारेकमा जेठ २५ गते सम्म सञ्चालन हुने गरी सुरु भएको प्रतियोगिता बिहीबारदेखि सुरु भएको हो। साबिकको धौलागिरिका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा रहेका नेपाली सेनाका गण र गुल्मका खेलाडीहरूको प्रतिस्पर्धा गराउने गरी प्रतियोगिता सुरु भएको हो।
श्री नं. २३ वाहिनी अड्डाका सह–सेनानी सन्तोष पाण्डेका अनुसार आउँदो असार दुई गतेबाट नेपाली सेनाको पश्चिम पृतनामा आयोजना हुन लागेको पृतनापति ट्रफीमा प्रतिस्पर्धा गर्न जाने उत्कृष्ट खेलाडीहरू छनोट गर्ने गरी वाहिनीपति ट्रफीको आयोजना गरिएको हो। यो प्रतियोगितामा ‘फिल्ड’ तथा ‘ट्र्याक’ तर्फका बक्सिङ, दौड, पौडी, लङ जम्प, हाइ जम्प, बास्केटबल, फुटबल, भलिबल लगायतका विभिन्न विधामा प्रतिस्पर्धाहरू आयोजना गरिएका छन्।
यी चार जिल्लामा रहेको गुल्म तथा गणहरूमा आन्तरिक प्रतिस्पर्धा गरेर विजेता बनेका सेनाका खेलाडीहरूले वाहिनीपतिमा भाग प्रतिस्पर्धा गर्नेछन्। ‘वाहिनीपति ट्रफी’ बाट विजेता बनेकाहरूले ‘पृतनापति ट्रफी’ मा प्रतिस्पर्धा गर्ने र त्यहाँबाट पनि विजेता बनेकाहरूले नेपाली सेनाका देशका अन्य सात वटा पृतनाका खेलाडीहरूसँग ‘प्रधानसेनापति ट्रफी’ मा प्रतिस्पर्धा गर्नेछन्।
बागलुङमा सुरु भएको प्रतिस्पर्धामा पर्वतबाट नयाँ रणभीम गुल्म, म्याग्दीबाट शत्रुभन्जन गुल्म, मुस्ताङबाट नारायण दल गण र बागलुङबाट श्री मेयर गण गरी चार वटा गण तथा गुल्महरूबिच प्रतिस्पर्धा गर्नेछन्।
‘वाहिनीपति ट्रफी प्रतियोगिता– २०८१’ उद्घाटन गर्दै श्री नं. २३ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी जगत् बहादुर पौडेलले यो प्रतियोगिताको उद्देश्य वाहिनी तथा अन्तरगतका युनिटहरूमा रहेका खेलाडीहरूको पहिचान गरी उत्कृष्ट वाहिनी टिम तयार गर्नु रहेको बताएका छन्। खेल आफैमा प्रतिस्पर्धात्मक विधा भए पनि   स्वच्छ र मनोरञ्जनको रूपमा सञ्चालन हुनका लागि खेलाडीहरू अनुशासित र मर्यादित हुनुपर्ने उनले बताए।
परमपरादेखी उत्कृष्ट खेल प्रतिभाहरूको खोजी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा संस्था र राष्ट्रलाई चिनाउने प्रयत्न स्वरूप ‘प्रधान सेनापति ट्रफी’ खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आइरहेको भन्दै वाहिनीपति पौडेलले प्रतियोगिता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद विकासको लागि कोसेढुङ्गा साबित भएको उल्लेख गरे। नेपालका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय खेलहरूमा प्रतिस्पर्धा गर्न सक्ने गरी तयार गर्नका लागि आन्तरिक प्रतिस्पर्धाहरू नै महत्त्वपूर्ण हुने उनको भनाई छ।
‘खेलाडीहरूले अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्नुको मूल जग नै युनिटहरूको आन्तरिक प्रतिस्पर्धा हो। युनिटको आन्तरिक प्रतिस्पर्धाबाट छनौट भई तपाईँहरू हाल वाहिनीपति ट्रफि खेलकुद प्रतियोगितामा सहभागी हुनु हुँदै छ’, उनले भने, ‘खेलाडीहरूले खेल प्रदर्शन गर्दा अनुशासित एवं खेलको मर्यादा भित्र रहेर खेल खेल्नु हुने छ भने खेलाडीहरूलाई हौसला प्रदान गर्ने व्यक्तिले समेत अनुशासन र सैनिक मर्यादाभित्र रहेर कार्य गर्नुहुनेछ।’ खेलमा चंखोपन, गतिशीलता, लचकपन, लगायतका पक्षहरूको सम्मिश्रण रहेको भन्दै सहायक रथी पौडेलले  खेलमा शक्ति भन्दा सिपको प्रयोग गर्नुपर्ने सुझाव पौडेलले राखेका छन्।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive