बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

बुहारी ग्रुप अफ नेपालको चौथो स्थापना दिवस पोखरामा सम्पन्न

बुहारी ग्रुप अफ नेपालको चौथो स्थापना दिवस पोखरामा विशेष कार्यक्रमहरु बीच सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा छोरेपाटन स्थित मानव सेवा आश्रम मा विभिन्न अत्यावश्यक सामग्रीहरु हस्तान्तरण जस्तो पुण्य कार्य गरेको छ। भेटघाट , परिचयात्मक विविध मनोरञ्जनात्मक कार्यक्रम गरी भव्यताका साथ मनाइएको खबर हामीलाई प्राप्त भएको छ।

सामाजिक सेवा र दुखेको घाउमा मलम बनेर हिँडिरहेको बुहारी ग्रुप धेरै ठाउँमा उपचार खर्च बिना तड्पिएको लाचार , असहाय बिरामी हरु लाई सहयोग गर्दै आर्थिक सहयोग र अन्य धेरै सहयोग गर्दै आइरहेको छ । बुहारी ग्रुप मा नेपाल भित्र र विदेशी नेपाली बुहारीहरु सहित करिव ९० हजार जना सदस्य बुहारी हरु प्रत्यक्ष जोडिएका छन् । नारी ले के गर्न सक्छन् र ? भन्ने कुविचार लाई चिर्दै बुहारीहरुले आफ्नो सहयोगी हात त कोमल हिर्दय ले पनि धेरै काम गर्न सक्छन् , कार्यक्रममा सबैले निकै खुस र सकारात्मक भावना राखेको देखियो,आगामी दीन पनि अझै थुप्रै उदाहरणीय कार्य गर्ने यसमा आफूहरु लागिरहेने बुहारी ग्रुप कि संस्थापक अध्यक्ष ले लक्ष्मी तिवारीले बताउनुभयो ।

स्थापनाको अवसरमा पोखरामा रहेको मानव सेवा आश्रममा खाधान्न लगायत अत्यावश्यक सामग्रीहरु हस्तान्तरण गरिएको छ । 90 जना रहेका लक्ष्मी तथा बालगोपाल ज्यु हरु लाई खाधान्न वितरण गरन पाउँदा संस्था का सहयोगी संस्थापक अध्यक्ष लक्ष्मी तिवारी, पुजा कार्की शर्मा सरिश्मा तिमिल्सिना, रिया आचार्य , सैलजा तिवारी गीता घिमिरे लगायत सहयोगी सबै बुहारी समूह लाई मानव सेवा आश्रम ले आभार प्रकट गरेको थियो ।

बुहारी ग्रुप अफ नेपाल कि संस्थापक अध्यक्ष लक्ष्मी तिवारी को अध्यक्षतामा भएको उक्त कार्यक्रम मा स्वागत मन्त्वय बुहारी ग्रुप कि सदस्य सृष्टि भट्टराई ले गर्नुभएको थियो । कार्यक्रम मा सकुन पौडेल , सरिता तिमिल्सिना, कामना रेग्मी ले आफ्नो शुभकामना मन्त्वय सँगै ग्रुपले गरेका धेरै नै राम्रा कार्य बारे र व्यवस्थापक समितिको देन लाई उच्च सम्मान गर्दै खुसी व्यक्त गरेका थिए। यस कार्यक्रममा काभ्रे,काठमाण्डौ,चितवन, स्याङ्जा,बागलुङ,पर्वत,कास्की लगायतका ठाउँबाट सदस्यरु आएका थिए भने कार्यक्रम सञ्चालन बुहारी ग्रुप मोडरेटर पूजा कार्की शर्मा ले गर्नु भएको थियो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive