शनि, जेष्ठ ११, २०८२
Sat, May 24, 2025

कुश्मा नगरपालिका : नमूना, नारायण र हिमालयको उत्कृष्ट नतिजा

असार २१, २०८१

पर्वत : पर्वतको कुश्मा नगरपालिकाले हालै प्रकाशन भएको एसइई–२०८० मा सर्वोत्कृष्ट बनेका दुई विद्यालयको नाम सार्वजनिक गरेको छ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सार्वजनिक गरेको तथ्याङ्कमा नगरपालिकाभित्र रहेका २५ वटा विद्यालयहरूको नतिजा विश्लेषण गरिएको छ । उक्त तथ्याङ्क अनुसार कुश्मा नगरपालिका–७ मा रहेको नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय एक जना विद्यार्थी चार जिपिए सहित सत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नमूनाबाट ४० जना विद्यार्थीले परीक्षा दिएकोमा ३.६६ देखि ३.९९ जिपिएसम्ममा ३३ जना विद्यार्थी आएका छन् ।
यस्तै सदरमुकाम समेत रहेको कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयका एक जना छात्रले ३.९१ जिपिए ल्याउँदै सामुदायिक विद्यालयतर्फको उत्कृष्ट नतिजा हासिल गरेका छन्। यो नतिजा सामुदायिक विद्यालयतर्फ साविकको धौलागिरीका चार जिल्लामध्येकै उत्कृष्ट हो। नारायण मा.वि.बाट कुल एक सय ५५ जना विद्यार्थीहरु एसइईमा सामेल भएकोमा ६१ प्रतिशत उत्तीर्ण भएका छन्। जसमध्येका सात जना ३.६६ देखि ३.९९ जिपिएसम्म प्राप्त गरेका छन्।
सामुदायिक विद्यालयतर्फ धेरै विद्यार्थी उत्तीर्ण गराउने विद्यालय कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको हिमालय माध्यमिक बनेको छ । यस विद्यालयबाट ३८ जना विद्यार्थीहरुले परीक्षा दिएकोमा उनीहरुमध्येका सात जना ३.६६ देखि ३.९९ जिपिएमा आएका छन् । हिमालय मा.वि.का कुल ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
कुश्मा नगरपालिकाका आइबल एकेडेमीका सात जना, कालीगण्डकी एकेडेमीका २२ जना, नमुना अङ्ग्रेजी आवासीय मा.वि.का ४० जना, पर्वत गुरुकुल एकेडेमीका २० जना र सहीद स्मारक अङ्ग्रेजी आवासिय मा.वि.का नौ जना पास हुँदा यी विद्यालयले सत प्रतिशत नतिजा निकालेका छन् । अन्य विद्यालयमा काफलचौर मा.वि.ले ७३ प्रतिशत, कालिका मा.वि.ले ७८ प्रतिशत, खरीबोट गोविन्दनाथ देव शर्मा मा.वि.ले ५४ प्रतिशत, खौला लाँकुरी मा.वि.ले ४४ प्रतिशत, जनक मा.वि.ले ५८ प्रतिशत, जनता सुदर्शन मा.वि.ले ३३ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण गराउन सकेका छन् ।
यस्तै आदर्श अङ्ग्रेजी आवासिय मा.वि.बाट ९७ प्रतिशत, नुवार सुवेदीथर मा.वि.बाट २५ प्रतिशत, पाङ धैरेनी मा.वि.बाट ८० प्रतिशत, पन्चकोशी मा.वि.बाट २९ प्रतिशत, पूर्णेश्वर मा.वि.बाट ४० प्रतिशत, मंगलोदय मा.वि.बाट ७५ प्रतिशत, राष्ट्रिय बाल शिक्षा सदनबाट ९४ प्रतिशत, विश्वज्योति मा.वि.बाट २० प्रतिशत, वीरेन्द्र मा.वि.बाट ७३ प्रतिशत, सार्वजनिक मा.वि.बाट ३३ प्रतिशत, सूर्यप्रकाश मा.वि.बाट ७० प्रतिशत र शिवालय मा.वि.बाट ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive