बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024

पिपलटारीका शिक्षकलाई रोटरी र वडाद्वारा कम्प्युटर तालिम

पर्वत : रोटरी क्लब अफ पर्वत र कुश्मा नगरपालिका १० पिपलटारी वडा कार्यालयको संयुक्त आयोजनामा पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीका शिक्षकहरूको लागि प्रविधि सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
कुश्मा नगरपालिका १० पिपलटारी र रोटरी क्लब अफ पर्वतको आयोजना तथा रोटरी नेपाल लिट्रेसी मिसन तथा रोटरी क्लब अफ काठमाडौँको सहयोगमा पिपलटारीको पूर्णेश्वर माध्यमिक विद्यालयमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्दै पिपलटारीका वडाध्यक्ष रामचन्द्र सुवेदीले रोट्रयाक्ट क्लबले शिक्षकहरूको लागि तालिमको व्यवस्था गरिदिएर राज्यले गर्नुपर्ने जिम्मेवारी पूरा गरेको बताउनुभयो । तालिममा सिकेका कुराहरूलाई दैनिक रूपमा अभ्यास गरेमा मात्रै सिकाई व्यवहारमा परिणत हुने र त्यसले आफ्ना काम सम्पादन गर्नका लागि सहज हुने उहाँको भनाई छ ।
यस्तै रोट्रयाक्ट क्लब अफ पर्वतका अध्यक्ष विजय चापागाईँले सयौँ विद्यार्थीहरूलाई सिकाउने शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने पवित्र काममा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । विद्यालयमा प्राविधिक जनशक्तिहरू नहुँदा अझै पनि कागजी रूपमा नै कामहरू हुने गरेको भन्दै उहाँले यस्तै खालका तालिमहरूले शिक्षकहरूलाई प्रविधिमा परिचित बनाउनु बताउनुभयो । कार्यक्रममा रोटरी क्लब अफ पर्वतका पूर्व अध्यक्ष तथा वर्ष २०२४/२५ का असिस्टेन्ट गभर्नर गणेश पौडेल, प्रशिक्षक संजय रेग्मीले पनि तालिमको बारेमा बोल्नुभएको थियो । तालिमको उद्घाटन सत्रको कार्यक्रमको सञ्चालन पूर्णेश्वर माध्यमिक विद्यालयका शिक्षक सन्तोष पौडेलले गर्नुभएको थियो । कार्यक्रममा वडा कार्यालयका सचिव नारायण लामिछानेले स्वागत गर्नुभएको थियो ।
पिपलटारीका विभिन्न विद्यालयका २० जना शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको तालिममा विद्यालयमा प्रयोग हुने विभिन्न प्रविधिहरूको बारेमा प्रशिक्षण भइरहेको छ । परीक्षा सञ्चालन र व्यवस्थापन कम्प्युटर एप्लीकेसनहरुबारे पनि प्रशिक्षण भइरहेको छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive