बिहि, माघ २९, २०८२
Thu, February 12, 2026

नारायण मा.वि.मा अभिभावक भेला सम्पन्न

भदौ ८, २०८१
पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयमा विद्यार्थीहरूको शैक्षिक स्तरमा सुधार गर्नको लागि अभिभावक भेला सम्पन्न भएको छ ।
विद्यालयको कक्षा ५ र ६ मा अध्ययनरत करिब एक सय ५० जना विद्यार्थीहरूका अभिभावकहरूलाई कार्यक्रममा आमन्त्रण गरेर बालबालिकाहरूको शैक्षिक स्तरको वृद्धि गर्ने विषयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा बोल्ने अभिभावकहरूले विद्यार्थीहरूको शैक्षिक सुधारको लागि विद्यालयबाट गर्न सकिने अभ्यास, अभिभावकहरूले निर्वाह गर्नुपर्ने भूमिका, विद्यार्थी स्वयंको सक्रियता, अभिभावक र विद्यालयबिचको सम्बन्ध लगायतको विषयमा कुरा उठाएका थिए ।
जसको जवाफमा विद्यालयको शिक्षक अभिभावक सङ्घका अध्यक्ष दीपक अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद शर्मा, प्रधानाध्यापक प्रकाश रिजाल, विद्यालय अभिभावक समन्वय समितिका संयोजक तथा शिक्षक शुभन्तनाथ सुवेदी, विद्यालयका शिक्षक भीमनाथ रेग्मी लगायतले शैक्षिक गुणस्तरको लागि विद्यालयले गरिरहेको प्रयासका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा सहभागी भएका अभिभावकहरुले राख्नुभएको जिज्ञासा मेटाउँदै उहाँहरूले विद्यालयले लगत्तै गर्न लागेका तथा दीर्घकालीन रूपमा गर्न लागेका कामहरूको बारेमा योजना सुनाउनुभएको थियो ।
शिक्षक अभिभावक सङ्घका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय परिवार तथा अभिभावकहरूले विद्यार्थीहरूको शैक्षिक गुणस्तर बढाउन विभिन्न निर्णयहरू पनि गरेका छन् । विद्यालयले समय समयमा तहगत रूपमा अभिभावक भेलाको आयोजना गरेर विद्यार्थीको शैक्षिक सुधारका लागि प्रयास गर्दै आइरहेको प्रधानाध्यापक रिजालले बताउनुभयो । अहिले कक्षा ५ र ६ का लागि कार्यक्रम राखिएको भए पनि अब क्रमशः अन्य कक्षाका लागि पनि अभिभावक भेलाको आयोजना गरिने उहाँको भनाइ छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive