रोटरी क्लब अफ पर्वतको १५ औँ तथा रोट्रयाक्ट क्लब अफ पर्वतको १४ औँ संयुक्त पदस्थापन कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ ।
‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने भावनालाई आत्मासाथ गर्दै मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत पर्वतमा सन् २०१० मा स्थापित रोटरी र सन् २०११ मा स्थापित रोट्रयाक्ट क्लबको नयाँ कार्यकालका लागि पदस्थापन गरिएको हो ।
उक्त कार्यक्रममा रोटरी वर्ष २०२३/२४ को आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरेका रोटरी क्लब अफ पर्वतका अध्यक्ष योगराज गिरी ‘बद्री’ तथा वर्ष २०२४/२५ का लागि रोट्रयाक्ट क्लब अफ पर्वतका अध्यक्ष सुजन पौडेलले आफ्नो कार्यकाल पूरा गर्दै आगामी वर्षका लागि नयाँ अध्यक्ष सहितका पदाधिकारीहरूलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
यससँगै वर्ष २०२४/२५ का लागि रोटरी क्लब अफ पर्वतको अध्यक्षमा विजय चापागाईँ तथा रोट्रयाक्ट क्लब अफ पर्वतको अध्यक्षमा गौतम पौडेल पदस्थापित भएका छन् । आर.आई डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर इलेक्ट, वर्ष २०२५/०२६ का डी.जी विनोद कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दुवै क्लबका संस्थापक पदाधिकारी सहित जिल्लामा सक्रिय सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन नेत्र पौडेल र दिवाकर अधिकारीले गरेका थिए ।