पर्वत : नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीजको अवसर पारेर रोट¥याक्ट क्लब अफ पर्वतले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
रोट¥याक्ट क्लब अफ पर्वतका वर्ष २०२४–२५ का अध्यक्ष गौतम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कुश्मा नगरपालिकाकी उप–प्रमुख स्वस्थानी रिजालको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा रोट¥याक्ट क्लब अफ पर्वतका संस्थापक अध्यक्ष मोहन आचार्य, रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानका पास्ट डिस्ट्रिक्ट मेम्बरसीप कमिटी चियर, जोन चार एस.एफ पास्ट जेड.आर.आर, रोट¥याक्ट क्लब अफ पर्वतका पूर्व अध्यक्ष एवम् फलेवास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारी, रोटरी क्लब अफ पर्वतका अध्यक्ष विजय चापागाईँ, निवर्तमान अध्यक्ष योगराज गिरी, रोट¥याक्ट क्लब अफ पर्वतका पूर्व अध्यक्ष मिलन पौडेल र गणेश पौडेल एवम् क्यान पर्वतका अध्यक्ष अच्युत पौडेल सहभागी भएका थिए ।
कार्यक्रमको सञ्चालन रोट¥याक्ट क्लब अफ पर्वतका सचिव दिवाकर अधिकारीले गरेका थिए भने उक्त कार्यक्रममा रोट¥याक्ट क्लब अफ पर्वतका बोर्डका पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति रहेको थियो ।
यस्तै सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयबाट सहभागी भएका विद्यार्थीहरूले तीज विशेष प्रस्तुतिहरू राखेका थिए ।
कार्यक्रमले केवल पर्वको धार्मिक महत्त्व मात्र नभएर समाजमा एकताको महत्वलाई पनि उजागर गरेको क्लबका अध्यक्ष गौतम पौडेलले बताए ।