शनि, असार ७, २०८२
Sat, June 21, 2025

बागलुङमा बाढीले बगाउँदा दुईजनाको मृत्यु, एक बेपत्ता

भदौ २१, २०८१

काठमाडौं : बागलुङ नगरपालिका– ४ बान्द्रे खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छ।गएराति कुँडुलेबाट मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरकौ स्कुटर बगाउँदा दुईजनाको मृत्यु भएको हो ।

बागलुङ-४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए। बाढीमा परी सोही गाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएको प्रहरी निरीक्षक पौडेलको भनाइ छ ।

सापकोटा र रेग्मीको शव करिब २०० मिटर तल फेला परेको थियो। शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

बेपत्ता कमलको खोजी भइरहेको छ। वर्षा भइरहेको हुँदा खोजीमा समस्या भएको प्रहरीले जनाएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive