मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

रियुनियन एजुकेसनमा सन २०२५ को अप्रिल इन्टेकका लागि सेमिनार

भदौ २१, २०८१
पर्वत : अध्ययनका लागि जापान जाने विद्यार्थीहरूको प्रक्रिया पूरा गर्न तथा जापनिज भाषा अध्यापनका लागि स्थापना कुश्मामा स्थापना भएको रियुनियन एजुकेसन भिजा सर्भिसेजमा सेमिनार तथा अन्तरवार्ता सम्पन्न भएको छ ।
जापानको ओकायामामा रहेको कुरासिकी ल्याङ्ग्वेज एकेडेमी र हाचिओजीमा रहेको टोक्यो इन्टरनेशनल ल्याङ्ग्वेज एकेडेमीका प्रतिनिधिहरू आओसिमा, ओयामा र सुजुकीले बिहीबार रियुनियनमा जापानी भाषा अध्ययनरत विद्यार्थीहरूलाई भेटेर सन २०२५ को अप्रिलमा हुने जापान इन्टेकका लागि सेमिनार र अन्तरवार्ता गरेका हुन् । जापानी प्रतिनिधिहरूले नेपाली बिद्यार्थीहरु अध्ययनको लागि जापान जाने प्रक्रिया, त्यहाँ पुगेपछि पालना गर्नुपर्ने एकेडेमी वा विश्वविद्यालयका नियम, काम गर्ने समय, वातावरण, बसाइँ व्यवस्थापन, भाषा, संस्कृति, नेपाली विद्यार्थीहरूले पाउन सक्ने कामहरू लगायतका बारेमा विद्यार्थीहरूसँग कुराकानी गरेका छन् ।
नेपाली विद्यार्थीले अध्ययन गर्ने भाषा, पेसागत सीप विकास, कामदारका रूपमा पाउने अनुमति तथा स्थायी बासिन्दाको लागि गर्ने प्रक्रियाका बारेमा पनि विद्यार्थीहरूले जापानी प्रतिनिधिहरूसँग कुराकानी गरेका थिए ।
जापनिज प्रतिनिधिहरूसँगै आएका नेपाली प्रतिनिधि महेश कुँवर र रियुनियन एजुकेसन भिजा सर्भिसेज केन्द्रीय कार्यालय पोखराका प्रबन्ध निर्देशक आदर्श क्षेत्रीले पनि नेपाली विद्यार्थीहरूको जापान जाने प्रक्रिया, अध्ययन, काम गर्ने क्षेत्र, त्यहाँका मापदण्ड तथा काम गर्ने तथा स्थायी बासिन्दा बन्नको लागि पूरा गर्नुपर्ने प्रक्रिया लगायतको बारेमा विद्यार्थीहरूलाई जानकारी गराएका थिए ।
पोखराको चिप्लेढुङ्गामा प्रधान कार्यालय रहेको ‘रि–युनियन एजुकेसन एन्ड भिजा सर्भिसेज’ को शाखाको रूपमा पर्वत शाखा सञ्चालनमा आएको हो । पर्वत र आसपासको क्षेत्रका विद्यार्थीहरू अध्ययनका लागि जापान जान तथा जापनिज भाषा अध्ययन गर्नका लागि पोखरा पुग्ने गरेकोमा उनीहरूको सहजताको लागि पर्वतमा शाखा स्थापना भएको पर्वत शाखाका प्रबन्धक शिशिर शर्मा पौडेलले बताए ।
पोखरामा २०७३ सालमा स्थापना भएको कन्सल्टेन्सीले विगतका वर्षदेखि नै पोखराबाट धेरै विद्यार्थीहरूलाई जापान पठाउँदै आएको र अब पर्वत शाखाबाट पनि विद्यार्थीको माग अनुसारको भाषा र प्रक्रियाको काम गर्ने उनको भनाई छ ।
spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive