मङ्लबार, अशोज १५, २०८१
Tuesday, October 1, 2024

त्रिभुवन आधारभूतको ५९ औँ वार्षिकोत्सव सम्पन्न

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको त्रिभुवन आधारभूत विद्यालयको ५९ औँ वार्षिकोत्सव,  अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
वडाध्यक्ष झलक प्रसाद रिमालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अभिभावकहरूको तर्फबाट लक्ष्मी कुँवर, पूर्व शिक्षकहरूको तर्फबाट दामोदर पौडेल, पूर्व प्रधानाध्यापकहरुकोतर्फबाट विनोद सुवेदी, राजनीतिक दलहरुकातर्फबाट नेपाली काङ्ग्रेसको तर्फबाट हेमराज सापकोटा, नेकपा एमालेको तर्फबाट भरत सुवेदी र ने.क.पा (माओवादी केन्द्र) का तर्फबाट मनबहादुर के.सी.ले शुभकामना मन्तव्य राख्नुभयो ।
वक्ताहरूले उक्त विद्यालयले स्थापना काल देखि नै विभिन्न आरोह अवरोह पार गर्दै उत्कृष्ट पहिचान बताउनुभएको छ । वर्तमान अवस्थामा शिक्षक सरुवा र अवकाश भई रिक्त दरबन्दीमा शिक्षक व्यवस्थापन  नहुँदा पठनपाठनमा समस्या भएकोले शिक्षक व्यवस्थापनको लागि सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउनुभयो ।
आफ्नो भनाइ राख्दै वडाध्यक्ष झलक प्रसाद रिमालले केही प्राविधिक कारणले गर्दा तत्काल शिक्षक व्यवस्थापन नभएता पनि केही समयपश्चात् शिक्षक व्यवस्थापन हुने र त्यसको लागि आफू सदैव तत्पर रहेको बताउनुभयो ।  कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरूले विद्यार्थीहरूको लागि भलिबल, नेट  लगायतका खेलकुद सामाग्रीहरू  उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वडाध्यक्ष झलक प्रसाद रिमालले पनि भलिबल, नेट र विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक अशोक के.सी.ले विद्यालयको आर्थिक, भौतिक एवं शैक्षिक प्रतिवेदन पेस गर्नुभयो । कार्यक्रममा विद्यालयमा स्थापित विभिन्न अक्षयकोष र विद्यालयको तर्फबाट शैक्षिक पुरस्कार र अतिरिक्त क्रियाकलापका पुरस्कारहरू पनि वितरण गरिएको छ ।
कार्यक्रममा विद्यार्थीहरूले साङ्गीतिक प्रस्तुति समेत राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेम शर्मा आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत शिक्षक बलराम अधिकारी र सञ्चालन शिक्षक कृष्ण प्रसाद आचार्यले गर्नुभएको थियो ।
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive