बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

आफ्नै अस्पताल बनाउन अन्य अस्पताल अवलोकन गर्दै मोदी 

पर्वत : पर्वतको मोदी गाउँपालिकाले आफ्नै आधारभूत अस्पताल निर्माण गर्नको लागि योजना सुरु गरेको छ ।
कम्तीमा १० शय्याको आफ्नै अस्पताल निर्माण गरेर गाउँपालिकाबासीहरुलाई सुविधा प्रदान खोजेको गाउँपालिकाले यसैका लागि देशका अन्य स्थानीय तहमा रहेका अस्पतालहरूको अवधारणको अध्ययन गरिरहेको छ । गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माका अनुसार चालु आर्थिक वर्षबाटै नै अस्पताल निर्माणको काम सुरु गर्नको लागि अन्य स्थानीय तहहरूले सञ्चालन गरेका अस्पतालहरूको अवलोकन गरिएको छ ।
आधारभूत अस्पतालहरूको स्थलगत अध्ययन अवलोकन  तथा अस्पताल स्थापना र सञ्चालनको सिकाई अनुभव हासिल गर्नका लागि पर्वतकै फलेवास नगरपालिकाको फलेवास नगर अस्पताल, धुलिखेल अस्पताल फलेवास, महाशिलाको आधारभूत अस्पताल तथा  जिल्लाबाहिर बागलुङको गलकोट नगर अस्पताल र तनहुँको आबुखैरेनी नगर अस्पतालहरूको वस्तुस्थिति र अध्ययन अवलोकन अध्यक्ष शर्माको भनाई छ । गुणस्तरीय स्वास्थ्य सेवासहितको अस्पताल सञ्चालनका लागि कार्यान्वयनयोग्य र महत्त्वपूर्ण सल्लाह सुझावहरू लिने काम भइरहेको गाउँपालिकाले बताएको छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive