शुक्र, जेष्ठ १०, २०८२
Fri, May 23, 2025

नेल्टाको आयोजनामा जिल्ला स्तरीय निवन्धलेखन सम्पन्न

अशोज १३, २०८१
पर्वत : अङ्ग्रेजी विषय अध्ययन तथा अध्यापन गर्ने शिक्षकहरूको साझा संस्था नेपाल इङ्ग्लिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन पर्वतको आयोजनामा जिल्ला स्तरीय निवन्धलेखन प्रतियोगिता सम्पन्न भएको छ ।
कुश्माका आदर्श अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय, नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय, पर्वत गुरुकुल एकेडेमी र नमस्ते बुक्स एण्ड स्टेशनरीको सहयोगमा आदर्श अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय कुश्मामा प्रतियोगिताको आयोजना गरिएको हो । जिल्लाका विभिन्न स्थानीय तहहरूका कक्षा नौ र १० मा अध्ययनरत विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा नमुना अङ्ग्रेजी आवासीय मा.वि.का सक्षम के.सी प्रथम, आदर्श अङ्ग्रेजी आवासीय मा.वि.का दीक्षा शर्मा द्वितीय, नारायण मा.वि.का प्रवेश रिजाल तृतीय तथा कालीगण्डकी एकेडेमीका विनिशा क्षेत्री र आइबल एकेडेमीका कुशल अधिकारी सान्त्वना भएका छन् ।
उनीहरूलाई अर्को कुनै विशेष अवसर पारेर पुरस्कार वितरण गरिने छ । प्रतियोगितामा पहिलो र दोस्रो बनेका विद्यार्थीहरूले पोखरामा हुने गण्डकी प्रदेश स्तरीय निवन्धलेखन प्रतियोगितामा सहभागी हुन पाउने छन् । कृत्रिम बौद्धिकता र सामाजिक सञ्जालको  अङ्ग्रेजी शीर्षकमा आयोजित प्रतियोगितामा प्रतिस्पर्धीहरुलाई एक घण्टाको समयमा पाँच सय शब्द लेख्न पाउने गरी प्रतियोगिताको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्नुहुँदै नेल्टा गण्डकी प्रदेशका सदस्यता सचिव देव शर्माले विगतमा पनि नेल्टाको आयोजनामा भएका शीर्षकहरूमा एस.ई.ई. परीक्षामा प्रश्नहरू समेत आउने गरेको स्मरण गर्दै विद्यार्थीलाई दिइएका शीर्षकहरू समसामयिक रहेको बताउनुभयो । नेल्टा पर्वतका अध्यक्ष सूर्य प्रसाद भुसालले कार्यक्रमको आयोजना गर्न आर्थिक र भौतिक रूपमा सहयोग गरेका संस्थाहरूप्रति आभार व्यक्त गर्दै एस.ई.इ को तयारीमा रहेका विद्यार्थीहरूको लागि प्रतियोगिता उपलब्धिमूलक रहेको उल्लेख गर्नुभयो ।
यस्तै सहयोगकर्ताको तर्फबाट आदर्श अङ्ग्रेजी आवासीय मा.वि.का प्रिन्सिपल हिमबहादुर पौडेल क्षेत्रीले आफूहरूको उद्देश्य नै शैक्षिक क्षेत्रमा केही न केही योगदान गरिरहेको बताउँदै आउँदा दिनमा पनि नेल्टासँग सहकार्य गर्ने बताए । पछिल्लो पटक आदर्शलाई हस्पिटालीटी विद्यालयको रूपमा विकास गर्न खोजिएको बारेमा पनि उहाँले सहभागीहरूलाई जानकारी गराउनुभयो । नेल्टा पर्वतका सचिव राजु प्रसाद भुसालले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष लक्ष्मीप्रसाद शर्माले गर्नुभएको थियो ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive