शनि, असार ७, २०८२
Sat, June 21, 2025

कुश्माका वधशाला र मासु पसलमा अनुगमन

अशोज २०, २०८१

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेका बधशाला तथा कतिपय मासु पसलहरुमा केही सुधार गर्नुपर्ने पक्षहरु देखिएका छन् ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत शनिवार कुश्मा र अर्मादीमा रहेका बधशाला तथा मासु पसलहरुमा छड्के अनुगमन गरिएको थियो । कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल, पशु विकास अधिकृत पुष्पराज बास्तोला, प्रहरी निरीक्षक सुमित श्रेष्ठ, कृषि प्रसार अधिकृत प्रेम प्रसाद आचार्य, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, उपभोक्ता महासंघका अध्यक्ष सरिता भण्डारी, उद्योग वाणिज्य संघ पर्वतका प्रतिनिधि भीमबहादुर नेपाली, पर्यटन तथा घरेलु उद्योग कार्यालयका अधिकृत नारायणदत्त पाध्या लगायतको टोलीले अनुगमन गरेको हो ।
अनुगमनको क्रममा मूल्य सूचि नभएको, बिल प्रयोग नभएको, धेरै दिनदेखि राखेको मासु बिग्रिने अवस्थामा पुगेको, पसलमा बोर्ड नराखिएको, अचानो फोहोर भएको, कुखुरा पाल्ने ठाउँ र बधशाला सिधै जोडिएको लगायतका समस्याहरु रहेको पाइएको छ । समस्या देखिएका ठाउँहरुमा सात दिनभित्र निर्देशन दिइएअनुसारको सुधार गर्न ताकेता गरिएको छ ।
चाडबाडको बेलामा मासु तथा मासुजन्य पदार्थको आपूर्ति बढ्ने र त्यही मौका पारेर उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपले असर गर्ने खालका कारोबारहरु हुन सक्ने भएकाले अनुगमन बाक्लो पारिएको पशु विकास अधिकृत बास्तोलाले बताए । अनुगमनको क्रममा आर्थिक मन्दी प्रभाव लगायतका कारण मागमा कमी हुँदा कतिपय व्यवसायीहरु बिस्थापित भएको, अनुदान दिएर निर्माण गरिएका बधशाला बन्द भएको लगायतका अवस्थाहरु पनि देखिएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive