बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024
spot_img

सभापति जोशीद्वारा आमाको जन्मदिनको अवसरमा विद्यार्थीलाई सहयोग

पर्वत : नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले आफ्नी आमाको जन्मदिनको अवसर पारेर विद्यार्थीहरूलाई सहयोग गर्नुभएको छ ।
आमा बालकुमारी जोशीको ८७ औँ जन्मदिनको अवसर पारेर कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको सूर्योदय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सहयोग गरिएको हो । समाजसेवी स्वर्गीय अमृतप्रसाद जोशीका धर्मपत्नी तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य अर्जुनप्रसाद जोशीकी आमा समेत रहनुभएकी बालकुमारीको जन्मदिनको अवसरमा विगतमा जस्तै यस वर्ष पनि सामाजिक काम गरिएको हो ।
विद्यालयको अपाङ्गता कक्षा तथा प्राथमिक तहमा अध्ययनरत सबै विद्यार्थीहरूलाई कापी, कलम, न्यानो कपडा लगायतका सामग्रीहरू वितरण गरिएको हो । सामुदायिक विद्यालयमा अध्ययनरत सबै बालबालिकाहरूको घरको आर्थिक अवस्था बलियो नहुँदा नियमित पठनपाठनमा समस्या भोग्ने भएको यस पटक विद्यार्थीलाई सहयोग गरिएको हो । गत वर्ष भने मोदीवेणीधाममा रहेको वृद्धाश्रममा बस्ने ज्येष्ठ नागरिक र गुप्तेश्वर वेद वेदाङ्ग पाठशालामा अध्ययनरत विद्यार्थीहरूलाई सहयोग गरिएको थियो ।
कार्यक्रममा बोल्दै सहयोग सामग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि कुश्मा नगरपालिका–२ खुर्कोटका वडाध्यक्ष लालकृष्ण बास्तोलाले जोशी परिवारबाट बालबालिकाहरूका लागि भएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । सहयोग सानो भए पनि ठुलो भए पनि सहयोगले बालबालिकाहरूलाई अध्ययनमा प्रोत्साहन गर्ने भएकोले पनि विद्यालयमा सहयोग गर्नु उत्तम कार्य भएको उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै सहयोगदाता तथा नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले आफूले विद्यालयको हितका लागि सदैव काम गर्दै आइरहेको बताउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताउनुभएको छ । शिक्षा क्षेत्र बलियो नबनेसम्म राज्यका सबै अङ्गहरू कमजोर हुने भएकोले पनि गुणस्तरीय शिक्षाको लागि विद्यालयमा सहयोग गर्ने परिपाटिको विकास हुनुपर्ने उहाँको भनाई छ । विद्यालयमा भौतिक संरचनाको टड्कारो आवश्यकता देखेको भन्दै सभापति जोशीले उक्त संरचना बनाउनको लागि प्रदेश सरकारसँग समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक  नारायणदत्त भट्टले गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, अभिभावक, विद्यार्थी सहित स्थानीयको उपस्थिति रहेको कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक कल्याण सुवेदी लगायते शुभकामना व्यक्त गर्नुभएको थियो ।
spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive