मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

अन्तराष्ट्रिय पर्वत समाजको आयोजनामा शुभकामना आदानप्रदान गरिने

कार्तिक ३, २०८१

पर्वत : ‘आजको आवश्यकता प्रवासी पर्वतेहरुको एकता, समुन्नत समाज सम्बृद्ध पर्वत निर्माण हाम्रो अभियान’ भन्ने मूल नारा सहित सन २०१७ मा स्थापना भएको अन्तर्राष्ट्रिय पर्बत समाजले नेपालीहरुको महान चाँड बिजया दशमी, शुभ दीपावली, छठ पर्व एवं नेपाल सम्बत ११४५ को शुभअवसरमा चाडपर्व बिशेष शुभकामना आदान प्रदान कार्यक्रम गरिने भएको छ ।
संस्थाकी नेपाल प्रतिनिधि मुना भुसालका अनुसार संसारभर छरिएर रहेका पर्वतेली दाजुभाई दिदीबहिनिहरुलाई भेला गरि चाडबाडको रमाइलो र शुभकामना साटासाट गर्न लागिएको हो । संस्थाका अध्यक्ष गुणराज शर्माले जुम अनलाइनमा सम्पन्न हुने कार्यक्रम पूर्वमन्त्री एवं संघीय सांसद पदम गिरीको प्रमुख अतिथ्यतामा हुने जानकारी गराउनु भएको छ । कार्यक्रममा पर्वतका जनप्रतिनिधि एवं प्रतिष्ठित व्यक्तित्व र अन्तर्राष्ट्रिय जगतमा छरिएर बसेका पर्वतेलीहरुको उपस्थिति रहनेछ । आइतवार अर्थात् २० नोबेम्बर २०२४ साँझ छ बजे सुरु हुने कार्यक्रममा सहभागी हुन देश बिदेशमा रहेका सम्पूर्ण पर्वतेहरुलाई अनुरोध गरिएको छ । संस्थाका बरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक दधि आचार्यले अथितिहरुलाई निमन्त्रणा साथै ब्यबस्थापकीय तयारीहरु पुरा भएको बताउनुभएको छ । सस्थांका संरक्षक, सल्लाहकार, सदस्य सस्थांहरुलाई पत्राचार गरिएको र कारणबस छुट्नुभएको भए अन्यथा नमानी कार्यक्रममा उपस्थित भैदिन पनि आचार्यले अनुरोध गर्नु भएको छ ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive