पोखरा: नेपाल प्रहरीको ‘६९ औं प्रहरी दिवस’ को अवसरमा पोखरामा प्रहरी नायब निरीक्षक सुमन निउरे पुरस्कृत भएका छन् ।
प्रदेश प्रहरी कार्यालय गण्डकीले पोखरामा आयोजना गरेको समारोहकाबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख निउरे नगद तथा प्रशंसापत्रसहित पुरस्कृत भएका हुन् । उनले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पुरस्कृत गरिएको हो । यसअघि ट्राफिक प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका निउरे पर्वतबाट बागलुङ सरुवा भएका हुन् । कार्यसम्पादन र नागरिकमैत्री सेवामा सक्रिय निउरेले पर्वतमा सफल कार्यकाल बिताएका थिए ।
यस्तै जिल्ला प्रहरी कार्यालय बागलुङमा भने प्रहरी सहायक हबल्दार मनोज पौडेल पुरस्कृत भएका छन् ।