मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

यस्तो छ जलजलाका टोल विकास संस्थाको प्रगति

कार्तिक ५, २०८१
पर्वत : पर्वतको जलजला गाउँपालिकामा स्थापना भएका एक सय ३९ वटा टोल विकास संस्थाहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गरेको प्रगति सार्वजनिक भएको छ ।
गाउँपालिकाको कार्यालयका सूचना अधिकारी भेषनाथ आचार्यका अनुसार गाउँपालिकामा गठन भएका टोल विकास संस्थाहरूले साउन, भदौ र असोज महिनामा गरेको प्रगतिहरू सार्वजनिक गरिएको हो । गाउँपालिकाको विवरण अनुसार सरसफाइ अभियान अन्तर्गत एक सय ३९ वटै  टोल विकास संस्थाबाट चार हजार चार सय ३० जना उपस्थित भएर १८ हजार आठ सय ४१ घण्टा काम गर्दा १८ लाख चौरासी हजार एक सय रुपैयाँ बराबरको श्रमदान भएको छ ।
टोल विकास संस्थालाई आफ्नै सदस्यहरू तथा सहयोगी दाताबाट ९४ हजार नौ सय ६० रुपैयाँ आर्थिक सहयोग र विभिन्न जिन्सी सामग्री उपलब्ध भएको सूचना अधिकारी आचार्यले बताउनुभयो । टोल विकास संस्थाले गरिब, दुःखी, असक्त, बिरामी लगायत मन्दिर, क्लब, सत्तल र भवन निर्माणको लागि ७० हजार नौ सय पाँच रुपैयाँ सहयोग गरेको, आफ्ना सदहस्यहरुको निधनमा श्रद्धाञ्जली सभाहरू सम्पन्न गरेका छन् ।
यस्तै संस्थाहरूले हालसम्म आन्तरिक बचत रकम अन्तर्गत   पैँसट्ठी लाख अठासी हजार सात सय सत्ताइस रुपैयाँ जम्मा गरेको, आम नागरिकको सहजीकरणको लागि होर्डिङ बोर्ड निर्माण गरी विभिन्न स्थानमा राखेको, आफ्नो टोलको नाम सहितको फ्लेक्स प्रिन्ट गरेर सामूहिक कार्यक्रम गर्दै आएका छन् ।
सूचना अधिकारी आचार्यका अनुसार चाडबाडको अवसरमा टोलका सदस्य, गन्यमान्य भद्र भलाद्मी जम्मा गरेर शुभकामना आदान प्रदान र मायाको चिनो हस्तान्तरण गरेको, विकासका कार्यमा प्रत्यक्ष श्रमदान गर्दै आएको, टोलमा भएका जन्मदेखि मरण सम्मका गतिविधिमा प्रत्यक्ष उपस्थित भई सक्दो सहयोग गर्दै आएको, वडा, पालिका तथा अन्य कार्यालयका काममा आवश्यक सहयोग गर्दै आएको लगायतका कामहरू पनि टोल विकास संस्थाहरूले गरेका छन् ।
spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive