बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025

असोजको ‘वेस्ट पोलिस अफ द मन्थ’ खत्रीलाई

कार्तिक १३, २०८१
पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले गत असोज महिनाको ‘वेस्ट पोलिस अफ द मन्थ’ प्रहरी सहायक निरीक्षक मीन बहादुर खत्रीलाई प्रदान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वत मातहत इलाका प्रहरी कार्यालय लुंखुदेउरालीमा दरबन्दी भई हाल अस्थायी प्रहरी पोस्ट कुश्मामा कार्यरत खत्रीलाई ‘वेस्ट पोलिस अफ मन्थ’ घोषणा गरी नगद पुरस्कार सहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय पर्वतमा आयोजित एक समारोहकाबीच जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रबिन विष्टले खत्रीलाई पुरस्कार र प्रशंसा पत्र प्रदान गर्नुभयो ।
साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमानदारी, बफादारी तथा व्यावसायिक सुझबुझका साथ कर्तव्यनिष्ठ रहेको, लागू  औषध ओसारपसार तथा कारोबार हुने स्थानहरूको गोप्य सूचना सङ्कलन गरी लागू औषध नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको, चाडपर्वको समयमा हुन सक्ने विभिन्न आपराधिक घटनाहरूको पूर्व मूल्याङ्कन गरी सम्भावित घटनाहरूको रोकथाम तथा नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेको लगायतका उत्कृष्ट कार्य सम्पादन गरेकोले खत्रीलाई सम्मान गरिएको प्रहरी नायव उपरीक्षक विष्टले बताउनुभयो ।
यसैबिच, जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा मोदी गाउँपालिकाकी प्रमुख हिरादेवी शर्मासमक्ष स्थानीय तह, प्रहरी र विद्यालय सम्पर्क कार्यक्रम –२०८० को समझदारी पत्र हस्तान्तरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रबिन बिष्टको अध्यक्षतामा मोदी गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा उक्त साझेदारी पत्र हस्तान्तरण गरिएको हो । मोदी गाउँपालिकाकै प्रमुख हिरादेवी शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा लगायतको सहभागिता रहेको थियो । प्रमुख जिल्ला अधिकारी शर्माकै समन्वयमा बालबालिका विरुद्ध हुने हिंसा र प्रहरीको भूमिकाको विषयमा संवेदनशील भई विद्यालय स्तरमा सचेतना अभिवृद्धि गर्न स्थानीय तह, प्रहरी र विद्यालय सम्पर्क कार्यक्रम –२०८० को समझदारी पत्रमा त्रिपक्षीय हस्ताक्षर गरिएको छ । कार्यक्रम पुस्तक र समझदारी पत्र प्रमुख जिल्ला अधिकारी शर्माले गाउँपालिकाकी अध्यक्ष शर्मा र नवजागृत माध्यमिक विद्यालयका प्रधानाध्यापक  विष्णु प्रसाद सुवेदीलाई हस्तान्तरण गरिएको छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive